images

सोमवार, बैशाख २४ गते २०८१

किनकी म पार्टी कार्यकर्ता हुँ 

किनकी म पार्टी कार्यकर्ता हुँ 

images
images
images
मंगलवार, कार्तिक ११ २०७७
मंगलवार, कार्तिक ११ २०७७
  • किनकी म पार्टी कार्यकर्ता हुँ 

    सानोमा बाबाले कुनै पार्टीको झण्डा लिएर घरमा बांध्नु हुन्थ्यो । बहुत राम्रो र खुशी लाग्थ्यो त्यो झण्डा देखेर । चुनाव हुँदा त्यही झण्डा लिएर यताउता दुगुरिन्थ्यो, अरुको झण्डा देखे खुबै रिस उठ्ने सायद त्यति परिपक्क नभएर होला नेपालको झण्डा भन्दा पनि त्यही पार्टीको झण्डा प्यारो लाग्ने । त्यस पार्टीको नेताकार्यकर्ता पनि अति मन पर्ने मलाई उनीहरुले गलत नै बोले भने पनि हो भन्न मन लाग्दथ्यो । पार्टीको लागो लागेको व्याच, टिका, स्टिकर, टोपी र टिसर्ट हामीले पनि पाउँथ्यौ । विद्यालयमा गाली नगर्ने हो भने त त्यही टिसर्ट र टोपी लगाएर विद्यालय जान मन लाग्थो । रेडियो सुन्दा पनि आफ्नो पार्टीको नेताको भाषण र भनाइहरु सुन्न मन पर्दथ्यो । राजनीति के हो ? मलाई थाहा थिएन तर मेरो पार्टी राम्रो र मेरो पार्टीले गरेका कार्यहरु राम्रा अरु सबै ठग जस्तो लाग्थ्यो । जव कुराहरु बुझ्न बेला भएको थियो, त्यो बेला मेरै पार्टीका कुराहरु सन्ने, त्यसकै बारेमा पढ्ने र उनीहरुकै कार्यक्रममा सहभागि बन्दाबन्दै अहिले पनि म त्यहीं पार्टीको सदस्य छु । त्यही पार्टीको म इमान्दार कार्यकर्ता हुँ । 

    images
    images
    images

    नेपालका राजनैतिक पार्टीहरुको कुरा गर्ने हो भने प्रतिबन्धित अवस्थामा भारतमा जन्म भयो । त्यो बेला जति पनि पार्टीहरुको जन्म भयो उनीहरुको उद्देश्य भनेकै नेपालमा प्रजातन्त्रको स्थापना र जनताको सर्वोचता थियो । पार्टीहरु सबै मिले नेपाली जनताको साथ र राजपरिवारको पनि महत्वपूर्ण भूमिकाका साथ नेपालमा प्रजातन्त्र स्थापना पनि भयो तर जनताले त्यति सुधारको महसुस गर्ने पाएको इतिहास हामीले पढ्न पाउँदैनौ । राजनैतिक दलको स्थापना हुनेबित्तिकै उनीहरुको विचार फरक फरक हुन थाल्यो । कोही पुजीवादी, कोही कम्युनिष्ट माक्र्स, लेलिनवादी, कोही समाजवादी, साम्यवादी के के हो के के ? व्यक्तिवादी चरित्र र विभिन्न अनौठौवादीहरुको जंगुलमा फसेको राजनीति अहिले झन जाति, धर्म, क्षेत्रका आधारमा पनि राजनीति हुने गरेको छ । यस्तो अचम्मको राजनीतिमा पनि म चाहिं मेरो पार्टीले ज भन्छ त्यो नै ठिक हो भन्दै अझै पनि गमक्क परिरहेको छु । सानोमा नबुझेर आफ्नो दलको सबै कुरालाई राम्रो भन्ने म अहिले बुझेर पनि त्यही कुरा दोहे¥याएको छु । मलाई थाहा छ मेरो पार्टीले राम्रो गरेको छैन् तैपनि म यो मान्न तयार हुँदैन किनकी म असल कार्यकर्ता हुँ । स्थापना हुँदै राणा बेठिक भने मैले पनि बेठिक भने, त्यस पछि पञ्चायत बेठिक भने मैले बेठिक भने, त्यसपछि प्रजातन्त्र बेठिक भने मैले त्यसकुरालाई पनि मान्न तयार भए, त्यसपछि राजतन्त्र त्यो पनि राम्रो, गर्दा गर्दा विश्वको एक मात्र हिन्दू राष्ट्र पनि बेठिक यसलाई हटाउनुपर्छ भने मैले त्यो पनि ठिक भने किनकी म सच्चा कार्यकर्ता न हुँ । मलाई यो कुरा त थाहा छ कि नेपालमा व्यवस्था परिवर्तन गरेर केही हुने वाला छैन ।

    जबसम्म शासकको व्यवहार परिवर्तन हुँदैन । तैपनि आफ्नै नेताले भनेको म किन नमान्ने ? हामीले संविधानसभाले संविधानको सुझाव संकलनको समयमा हिन्दू राष्ट्रको पक्षमा खुलेर सुझाव दिएकै हो तर नेताले मानेनन् हामी चुप भयौं किनकी नेताले गरेको गलत निर्णयलाई पनि मान्नु मेरो धर्म हो । हाम्रा नेतालाई विभिन्न खालका भ्रष्टाचारको मुद्दाहरु लाग्ने गर्दछ मैले त्यसको विरोध गर्दिन किनकी नेता हुन् अलिअलि भ्रष्टाचार त गरिहाल्छन् । आफ्ना नेता तथा कार्यकर्ताहरु कहिलेकाही बलात्कारको घटनामा पनि मुछिने गर्छन तर त्यसलाई सामान्य रुपमा लिएर म उनीहरुको पक्षमा कुरा गरिरहेको हुन्छ । पार्टीको सिद्धान्त एकातिर नेताका कुरा अर्कोतिर तर मलाई यसले कुनै फरक पादैन, देशमा दिनानुदिन भ्रष्ट्राचार, बलात्कारका घटनाहरु बढिरहेका छन्, विकास निर्माणको काम त्यति राम्रो भएको छैन, शिक्षा, स्वास्थ्यको अवस्था डामाडोल छ, जनतालाई सास्ती छ निराशा छ, जनता महंगीको मारमा छन् यस प्रकारको समस्या म र मेरो परिवारमा पनि छ तर पनि म मेरो पार्टी ठिक भन्न छोडेको छैन ।

    मेरै पार्टीका नेताहरु देशको राष्ट्रियता नै खतरामा पार्ने खालको क्रियाकलापहरु गरिरहका छन्, देशको मौलिक संस्कृतिलाई समाप्त पार्ने प्रयास गरिरहेका छन्, जातजातीबीचको विभेद बनाउनको लागि समेत तल्लिन देखिन्छन्, जातीय आधारमै जागिरको व्यवस्था, दक्षताको कुनै महत्व छैन् जसको प्रत्यक्ष प्रभाव म र मेरो सन्तानलाई पर्दैछ मलाई सबै थाहा छ तर पनि चुप छु किनकी म सो पार्टीको सच्चा कार्यकर्ता हुँ । नेताहरु विमान खरीदमा भ्रष्टाचार गर्दैछन्, सुनको तस्करी गरिरहेका छन्, सरकारी जग्गा आफ्नो नाममा बनाउँदै छन्, बलात्कारीलाई बचाउन लागिपरिरहेका छन्, घुसखोरी, कालाबजारी सबैलाई प्रश्रय दिएको छ मेरो पार्टीले तर मलाई यसले असर गरेको छैन् भयो त भयो मेरै पार्टीका नेता कार्यकर्ता त हुन्, अर्कोले गरेको भए म सडकमा जान्थे, टायर जलाउँथे, तोडफोड गर्थे, देशै बन्दको आह्वान गर्थे तर के गर्ने आफ्नै पार्टीको नेता कार्यकर्ता हुन् त्यति गर्न छुट त दिनैप¥यो नि । कसैले मलाई प्रश्न गर्दछन् कि तेरो पार्टीले यसो ग¥यो र उसो ग¥यो भन्दै तर म सहज रुपमा जवाफ दिन्छु तेरो पार्टी पनि त कहाँ ठिक छ र उसले पनि त यस्तै गरेको छ भनेर त्यो भन्दा मलाई गर्व लाग्दछ ।

    कि हामी दुवैको पार्टी खराब छन् । मेरो पार्टी सरकारमा हुँदा डा. गोविन्द के.सी. बेठिक, सरकार बाहिर छ भने ठिक, मेरो पार्टीले देशको नेतृत्व गर्दा मैले कुलमान घिसिङलाई विद्युतमा नियुक्ति थप नगर्दा पनि ठिक भनेको छु, महाविर पुनलाई सरकारले सहयोग नगर्दा पनि मलाई केही फरक परेको छैन, निर्मला पन्त लगायतका विभिन्न हत्या र बलात्कारविरुद्ध सारा देश एकातिर हुँदा पनि मलाई उनीहरुको पक्षमा लाग्नु छैन् किनकी मेरो पार्टी सरकारको नेतृत्वमा छ । देशको संस्कृतिको रक्षाका लागि जनताहरु सडकमा आउँछन् म उनीहरुलाई बहुत गाली गर्दछु किनकी सरकारविरुद्ध नाराबाजी गरेको हुन्छन् । किन रक्षा गर्नुप¥यो संस्कृतिलाई, किन देशको भेषभुषालाई माया गर्नुप¥यो मैले मलाई त मेरो दलले जे निर्णय गर्छ त्यो नै राम्रो हुन्छ ।दैनिक हजारौंका सख्यामा रोजगारीका लागि देशबाट बाहिरिन्छ । कति त मृत्यूलाई बरण गरेर बाकसमा फर्कन्छन्, कोही अपांग भएर आउँछन् । उनीहरुले पठाएको रेमिटान्समा देश चलिरहेको छ । बाँकी त ऋणले चलेको छ देश तै पनि नेताले देश विकासको नयाँ अवधारणा बनाउँदैनन् । अर्कोले राम्रो गरे पनि त्यसको विरोध गरिरहेको देखिन्छ तैपनि कार्यकर्ताको रुपमा मलाई खासै फरक परेको छैन । त्यसैले म अहिले यसरी राजनीतिक दलको दलदलमा यति भित्र छु के म त्यहाँबाट निस्कन सम्भव नै छ्रैन् ।

    अन्त्यमा, सिद्धान्त जुन होस्, पार्टी जुन होस् हेर्दा सबै उस्तै हुन् सबैले चाहेको शान्ति सुरक्षा, शिक्षा स्वास्थ्यको निःशुल्क व्यवस्था, स्वच्छ खानेपानी, बस्ने, यातायात तथा अन्य भौतिक सुख–सुविधा यस्तै यस्तै तर के अहिले हामीले हाम्रो भनेको पार्टीले यस्ता खालका कुराहरुमा केही योजना पुरा गरेका छन् त ? खाली व्यवस्थालाई मात्र दोष दिएर व्यवस्था परिवर्तन गरे, आफु र आफन्तको भौतिक सुख सुविधा मात्र ध्यान दिए, देशमा चाहिंदै नचाहिएको संघीयता, सांसद संख्या बढाएर सुविधा थप्ने काममा लिप्त सवै राजनीतिक दलले म जस्तै इमानदार कार्यकर्तालाई कहिल्यै हेरेनन्, देशको विकास गर्नको लागि कहिल्यै महत्वपूर्ण भूमिका निभाउन सकेनन् । त्यसैले राजनीतिक दलका म जस्ता कार्यकर्ता अब सोच्ने बेलाभएको छ ,कि त पार्टी सिद्धान्तबाट चल्नु प¥यो, नेताले राजनीतिलाई पेशा होइन सेवाको भावना राख्नु प¥यो देशको धर्म, संस्कृति, मौलिक परम्परा, प्राकृतिक सम्पदाको संरक्षणमा महत्वपुर्ण भुमिका निभाउन प¥यो, भौतिक विकास संगसंगै सामाजिक र मानसिक विकास जरुरी छ भन्ने बुझ्नु प¥यो अन्यथा हामी जस्ता कार्यकर्ताले अर्को विकल्प खोज्ने बेला नआओस् किनकी अब हामी पनि कुरा बुझ्ने भएका छौ, राम्रो नराम्रो छुट्याएर व्यवहार गर्न सक्ने भएका छौं । तर इमान्दार छौ देशप्रति दलप्रति होइन । 


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij