२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लाग्यो

बुधवार , चैत्र २, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल-नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ।

    प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा लामो समयदेखि प्रदेश कमिटी घोषणा हुन सकेको थिएन।

    बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटिको प्रथम पूर्ण बैठकले गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो। प्रदेश कमिटि उपाध्यक्षहरुमा बर्दियाका दुर्गा थारु, दाङका नुमाकान्त न्यौपाने र रोल्पाका वीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी चयन भएका छन्।

    सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन्।

    नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणि खनाल लगायतले सपथ ग्रहण गराएका छन्।