२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनी विकास राष्ट्रिय समृद्धिको आधारशिला बन्न सक्छ : सभापति पुन

शुक्रवार , चैत्र ४, २०७८

रुपन्देही, ४ चैत ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनीको विकास भए नेपालको समृद्धिको आधारशिला तय हुन सक्ने बताएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा बिहीबार बाणगंगामा आयोजित कपिलवस्तु महोत्सव तथा कृषि पर्यटन प्रर्दशनी उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति पुनले लुम्बिनीको विकास राष्ट्रिय विकासको महत्वपूर्ण आधार भएको बताए ।

संविधानसभा सदस्य समेत रहेका पुनले संघीय सरकार र प्रदेश सरकारले लुम्बिनीको पर्यटन, कृषि तथा सांस्कृतिक प्रबद्र्धनका लागी विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । उनले अबको यात्रा विकास र समृद्धिको यात्रा हुनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘हामीले राजनीतिक क्रान्तिको महत्वपूर्ण अध्याय पूरा गरेका छौं । नेपाली जनताको सात दशक लामो संघर्षबाट संविधान प्राप्त गरेका छौं । अब हामी देशको आर्थिक, सामाजिक, शैक्षिक र पर्यटन विकासमा केन्द्रित हुनुपर्नेछ ।

सभापति पुनले नेपाल संघीयता कार्यान्वयवनको प्रारम्भिक चरणमा रहेकोे कुरामा जोड दिदै स्थानीय, प्रदेश र संघीय सरकारको सही व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।