
शनिवार , चैत्र ५, २०७८
भैरहवा, ५ चैत ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण बहादुर यादव (विकास) नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गर्दै शनिबार वडाअध्यक्ष यादव एमालेमा प्रवेश गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा उनी तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
एमाले मर्चवारी गाउँपालिका कमिटीले शनिबार आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा वडाअध्यक्ष यादवलाई एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री लिला गिरीले पार्टीमा स्वागत गरे । वडाअध्यक्ष यादवसहित पाँच सय जना बढी एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ ।
आमसभालाई सम्बोधन गर्दै नेता गिरीले एमालेले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखि काम गर्दै आएको बताए । ज्येष्ठ नागरिकको सेवा सुविधालाई प्राथमिकतामा राखि इतिहासमा सबैभन्दा बढी सुविधा एमाले नेतृत्वको सरकारले दिएको उनले बताए । उनले भने, ‘एमाले सबैभन्दा बढी विकास गर्ने पार्टी भएकोले हिमाल, पहाड र तराईमा यो पार्टीको वर्चस्व छ ।’
कार्यक्रममा बोल्दै वडाअध्यक्ष यादवले कम्युनिष्ट पार्टीबाट नै आफूले राजनीति सूरू गरेकोले जसपा परित्याग गर्दै पुनः पुरानै घरमा फर्केको बताए
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij