
शनिवार , चैत्र ५, २०७८
रुपन्देही, ५ चैत।
सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा होली मिलन तथा वस्तुगत पदाधिकारी एवं सदस्यहरुलाई सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संघद्वारा गठित २२ बढी वस्तुगत संयोजक, सह–संयोजक तथा सचिवलाई सम्मान गरिएको हो ।
रंगहरुको पर्व होलीको अवसरमा सैनामैनाको बाबरी पार्टी प्यालेसमा भएको कार्यक्रम सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा कांग्रेस रुपन्देही जिल्ला पूर्व उपसभापति फणिन्द्र प्रसाद शर्माको विशिष्ट आतिथ्यता, कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनाल, नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष देवराज पौडेल, जनमोर्चा सैनामैनाका अध्यक्ष लाल बहादुर क्षेत्री तथा संघका संस्थापक अध्यक्ष मोहन बानियाँको आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा व्यापार संघका उपाध्यक्ष दिपेन्द्र ढकाल, घरेलु तथा साना उद्योग महासंघ सैनामैनाका अध्यक्ष गणेश प्रसाद गौतम, पूर्व महासचिव रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सैनामैना उपशाखा सभापति दिनेश पौडेल, सैनामैना जेसिजका अध्यक्ष रामचन्द्र ढकाल लगायतले शुभकामना दिएका थिए ।
सोही अवसरमा बोल्दै सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काले होली पर्वको शुभकामना व्यक्त गर्दै सभ्य मर्यादित रुपमा पर्व मनाउन आग्रह गरे । उनले वस्तुगत समितिलाई सम्मान गरिएको भन्दै अब समितिले आफनो कामलाई तीव्रता दिनुपर्ने बताए । व्यापार व्यवसायमा देखिएका समस्या समाधान गर्न सधै लागिपर्ने अध्यक्ष खड्काको भनाइ थियो ।
सैनामैना उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कृष्ण पोख्रेलको स्वागत तथा महासचिव लोकनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij