२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

होलीमा सैनामैनाका एक युवकको रहस्मय मृत्यु, हत्या भएको आंशका

शनिवार , चैत्र ५, २०७८

सैनामैना। सैनामैना वडा न.३ बस्ने एक युवकको रहस्मय तरिकाले मृत्यु भएको छ। शुक्रबार होली मान्न मुर्गिया चोकमा गएका २० वर्षिय सुशान्त परियारको रहस्यमय मृत्यु भएको परिवारले बताएको छ।

होली विशेष कार्यक्रममा सहभागी हुन पुगेका परियार साँझ करिब ६ बजे मृत अवस्थामा कार्यक्रम स्टेज नजिक फेला परेका हुन।फेला परे संगै तत्काल स्थानीयले प्रहरीलाई खवर गरेका थिए।
घटनाको प्रकृति हेर्दा परियारको नाँक र घाँटीमा चोट लागेको छ ।सुशान्तको कतै हत्यापछि मृत्यु भएको त होइन भन्ने आशंका उत्पन्न भएको छ।

घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायव निरिक्षक नवराज पोख्रेलले जानकारी दिए। घटनाबारे बास्तविकता पोष्टमार्टमको रिर्पोटपछि खुल्ने बताउँदै प्रहरी नायव निरिक्षक पोख्रेलले अनुसन्धानमै लागेको र अहिलै नै भन्ने अवस्था नरहेको उल्लेख गरे।

होली पर्व भड्किलो बन्दा अकालमै धेरैले ज्यान गुमाउनु परेको छ। होली लगायत अन्य पर्वलाई ब्यवस्थित र मर्यादित बनाउने मुख्य दायित्व प्रहरीको हो तर अलि संवेदनशिल नबन्दा यि यस्ता घटना दोहोरिदै जाने गर्दछन्।