२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

ब्याजदर र मुल्यवृद्धि घटाउन उद्योग व्यापार संघको माग 

आइतवार , चैत्र ६, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, ६ चैत ।  
    बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याजदर अत्याधिक वृद्धि गरेको भन्दै उद्योग व्यापार संघ बुटवलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर बृद्धिले उद्योग–व्यवसायसँगै अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै तत्काल ब्याजदर र मुल्यबृद्धि घटाउन संघले माग गरेको छ । 

    बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाएर कर्जा लिंदा गरिएको सम्झौता लत्याएर तथा नेपाल राष्ट्र बैंकले तोकेको सीमा समेत नाघ्ने गरी हचुवाको भरमा मनोमानी ढंगले ब्याजदर वृद्धि गर्दा आर्थिक भारत थेग्न नसकी उद्योगी व्यवसायीहरुले आत्महत्या समेत गर्न वाध्य भएको संघको विज्ञप्तिमा उल्लेख छ । 

     

    संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फी रुपमा ब्याजदर बढाएर पत्र पठाउने र दबाब दिएर असुल्ने प्रवृत्तिले उद्योगमैत्री, लगानीमैत्री र आर्थिक समृद्धिमैत्री वातावरण बन्न नसकेको उल्लेख छ । 
    मनोमानी रुपले ब्याजदर वृद्धि गर्ने परिपाटीलाई नियन्त्रण गरी एकरुपता कायम गर्न ब्याजदर वृद्धिको निश्चित सीमा कायम गर्न र मुल्यवृद्धि समेत तत्काल घटाउन माग गर्दै संघले नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएको छ ।