२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

सिद्धार्थनगर नगरपालिकामा ई–पेमेन्ट प्रणाली सुरु 

सोमवार , चैत्र ७, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ७ चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिमा सोमबारदेखि विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणाली सुरु भएको छ । नेपालमै तेस्रो नगरपालिका्का रुपमा यो प्रणालीसशुरु भएको हो । पहिलो सुर्योदय नगरपालिका इलाम, दोस्रो तानसेन नगरपालिका पाल्पा र तेस्रो नगरपालिका सिद्धार्थनगर नगरपालिका भएको हो । 

    आईटी प्रविधिमैत्री नगरपालिकाका रुपमा यो नगर अघि बढेको हो । काम छिटोछरितो र कर्मचारीको कामको लोड घट्ने अपेक्षासहित प्रणालीको सुरुवात नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । यो सिष्टम सन्चालनमा आएपछि चेक काट्नु नपर्ने पनि उनले बताए । 

    नगरप्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले संयुक्त ई–पेमेन्ट सिष्टमको शुभारम्भ गरेका हुन् । 

    नगरपालिकाले यही हप्ता राजस्वमा पनि अनलाइन सिष्टम गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यसै गरी यही चैत्र १५ गतेदेखि घर नक्साको काममा पनि अनलाइन सिष्टम सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले जानकारी दिए ।