images
images

आइतवार, जेठ ६ गते २०८१

रणनीतिक योजनालाई सहजीकरण गर्दै कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५

रणनीतिक योजनालाई सहजीकरण गर्दै कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५

images
images
images
सोमवार, चैत्र ७ २०७८
सोमवार, चैत्र ७ २०७८
  • रणनीतिक योजनालाई सहजीकरण गर्दै कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५

    रुपन्देही, ७ चैत ।
    आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो वर्चश्व कायम गर्न नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ ले तय भएका विशेष रणनीतिक योजनालाई सहजीकरण गर्दै अघि बढेको छ । कांग्रेसको महाधिवेशनबाट नयाँ जिम्मेवारी पाएका नेतृत्वकर्ताहरुले भने आगामी वडा तथा पालिकामा हुने स्थानीय तहको चुनावमा कांग्रेसलाई कसरी विजय हासिल सकिन्छ सो सम्बन्धमा रणनीति बनाउँदै दौडधुप गरिरहेका छन् ।

    images
    images
    images

    आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ ले स्थानीय तह निर्वाचन २०७९ रणनीतिक योजना सहजीकरण गोष्ठी सोमबार सम्पन्न गरेको छ ।

    गोष्ठीमा आगामी स्थानीय तहको चुनावमा कांग्रेसलाई कसरी विजयी बनाउन सकिन्छ ? जनमुखी एजेण्डा र उम्मेदवार कस्तो हुनुपर्छ, कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाको क्रियाशिलता र भुमिका के ? जस्ता रणनिति योजनालाई सहजीकरण गर्न गोष्ठीको आयोजना भएको हो । सो कार्यक्रममा कांग्रेस सैनामैना वडा नम्बर १ देखि ११ सम्मका वडा सभापतिहरुले आफना प्रश्न, जिज्ञासा, रणनीति र वडाका गतिविधि पेश गरेका थिए ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले स्थानीय निर्वाचन नजिकिएकाले निर्वाचनका लागि तयार हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
    जनताको दल कांग्रेस भएको दावी गर्दै कांग्रेसमय बनाउन कांग्रेस लागिपरेको समेत उनले उल्लेख गरे । कांग्रेसले घर घर जाऔँ, कांग्रेस जिताउ अभियानलाई तीव्रता दिएको सभापति शाहले बताएका छन् ।

    सभापति शाहले एमसिसीको विषयमा एमाले लगायत अन्य पार्टी भ्रम फैलाएकोप्रति आपत्ति जनाउदै एमसिसि देशको हितमा भएको प्रष्टाए । दुईतिहाईसहितको एमाले सरकार हुदाँ सुुकुम्बासी समस्या समाधान नगरेको भन्दै कांग्रेसले नै सुकुम्बासीलाई जग्गाको मालिक बनाउने ठोकुवा उनले गरे ।

    कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य चित्र बहादुर केसी, कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि माया ज्ञवाली, कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनाल लगायतले बोलेका थिए ।

    क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानको अध्यक्षता, क्षेत्र नम्बर ५ (क) का सभापति राम बहादुर थापाको स्वागत तथा क्षेत्रीय सचिव कृष्ण प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

    public.jpg

    कार्यक्रममा निर्वाचन सम्भाव्यता अध्ययन समिति सदस्य तथा कांग्रेस पूर्व जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, युवा नेता विष्णु पोख्रेल, कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनाल, नगर सचिवद्वय कृष्ण कंडेल, अर्जुन पौडेल लगायतको आतिथ्यता रहेको थियो । 

    सैनामैनाको मुर्गियास्थित कालिकाचोक भएको कार्यक्रम कांग्रेस क्षेत्रीय, नेपाली कांग्रेस का क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij