आइतवार, जेठ २१ गते २०८०

भारतीय चर्चित अभिनेता सलमान खान नेपाल आउदै

भारतीय चर्चित अभिनेता सलमान खान नेपाल आउदै

images
images

खबर पात्रो

९, चैत्र २०७८
  • 3.5K
    SHARES
  • भारतीय चर्चित अभिनेता सलमान खान नेपाल आउदै

    काठमाडौ। भारतिय अभिनेता सलमान खान नेपाल आउने भएका छन्। आगामी जेठ १८ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि खँन नेपाल आउन लागेका हुन्।

    उनी नेपाल आउने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ। 

    images
    images

    सोही कार्यक्रमलाई लक्षित गरी दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो सम्वाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जनाएको छ। अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने बिषयमा समेत सम्बाद हुने बताईएको छ।

    दुई वर्षअघि नै अभिनेता खान नेपाल आउने कार्यक्रम तय भएको थियो। तर कोभिड–१९ को उच्च जोखिमका कारण रोकिएको उनको कार्यक्रम पुनः हुने भएको हा । 

    ओडिसी इन्टरटेनमेन्टले सो कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ। आगामी जेठ १८ मा हुने सो कार्यक्रममा अभिनेता खानसँगै अन्य भारतीय कलाकार पनि नेपाल आउने बताइएको छ। भारतीय अभिनेता खान नेपाल आउँदा यहाँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - १४:०४:११ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend