images
images

आइतवार, जेठ ६ गते २०८१

तरुण परिचालन समिति सैनामैना ४ गठन,अध्यक्षमा किरण थापा

तरुण परिचालन समिति सैनामैना ४ गठन,अध्यक्षमा किरण थापा

images
images
images
बुधवार, चैत्र ९ २०७८
बुधवार, चैत्र ९ २०७८
  • तरुण परिचालन समिति सैनामैना ४ गठन,अध्यक्षमा किरण थापा

    चैत्र ९ गते । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सैनामैना नगर समितिले निकट भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिलता र टोल देखी वडातहसम्म संगठन गर्नेतर्फ केन्द्रीत भएको छ । केही दिन अघि नेपाली कांग्रेस सैनामैना नगर समितिले बैठकबाट तरुण सैनामैना नगरस्तरीय परिचालन समिति गठन गरेको थियो ।

    images
    images
    images

    तरुण निर्वाचन परिचालन समितिका संयोजक प्रतिक श्रेष्ठको संयोजकत्वमा गठित भएको त्यस समितिले भने सैनामैनाका विभिन्न वडामा वडास्तरीय परिचालन समिति गठनलाई तिव्रता दिएको छ ।

    जसमा आज सैनामैना वडा न.४मा तरुण परिचालन समिति गठन भएको छ । किरण थापाको संयोजकत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको सह–संयोजकमा भरत बस्नेत,राजन वीहर,वीमल सेन,किरण चौधरी र बाँकी सदस्यमा रहेको छ । सो समितिले आगामी स्थानीय तहको निर्वाचनका लागि कांग्रेस पार्टिलाई सहयोगीको रुपमा अघि बढ्ने बताइएको छ ।

    कार्यक्रम नेपाली कांग्रेस सैनामैना वडा न.४का सभापति जगन्नाथ गौतमको अध्यक्षता, कांग्रेस रुपन्देही जिल्ला पुर्व उपसभापति फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, महासमिति सदस्य पुर्ण बहादुर वि.क, महासमिति प्रतिनिधी तारा बेल्बासे,कांग्रेस जिल्ला सदस्य जिवनबन्धु सेवानी,कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनालको विशिष्ट आतिथ्यता तथा कांग्रेस सैनामैना नगरसभापति निवर्तमान सभापति राम प्रसाद अधिकारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पुर्व जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले स्थानीय निर्वाचन नजिकिएकाले निर्वाचनका लागि तयार हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    जनताको दल कांग्रेस भएको दावी गर्दै कांग्रेसमय बनाउन कांग्रेस लागिपरेको समेत शर्माले उल्लेख गरे । कांग्रेसले घर घर जाऔँ, कांग्रेस जिताउ अभियानलाई तीव्रता दिएको शर्माले बताएका छन् । युवाहरु एकताबद्ध भएर लाग्न आग्रह गर्दै कांग्रेसलाई जिताउन हरपल सहयोग हुने अपेक्षा समेत राखे ।

    शर्माले एमसिसीको विषयमा एमाले लगायत अन्य पार्टी भ्रम फैलाएकोप्रति आपत्ति जनाउदै एमसिसि देशको हितमा भएको प्रष्टाए ।

    दुईतिहाईसहितको एमाले सरकार हुदाँ सुुकुम्बासी समस्या समाधान नगरेको भन्दै कांग्रेसले नै सुकुम्बासीलाई जग्गाको मालिक बनाउने ठोकुवा उनले गरे । स्थानीय तहमा मनपरि रुपमा भ्रष्टाचार भइरहेको भन्दै जनताको करलाई दुरुपयोग नगर्न आग्रह गरेका छन् ।

    तरुण सैनामैना नगरस्तरीय परिचालन समितिको संयोजक प्रतिक श्रेष्ठले बोल्दै आगामी निर्वाचनमा कांग्रेसको ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभिानलाई तीव्रता दिने बताए । साथै निर्वाचनको बेला हुने गलत क्रियाकलापको विरुद्धमा उत्रिने बताउँदै श्रेष्ठले शान्ति र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न यो परिचालन समितिले अतुलनीय भूमिका निर्वाह गर्ने बताए ।

    सैनामैनाको मुर्गिया स्थित ग्लोबल पार्टि प्यालेसमा भएको कार्यक्रममा कांग्रेस सैनामैना वडा न.४का वडा सचिब हरिशर्मा गौतमको सञ्चालनमा सम्पन्न भएको हो । सोही अवसरमा एक सय जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij