२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

तरुण परिचालन समिति सैनामैना–४ को अध्यक्षमा थापा

बुधवार , चैत्र ९, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • रुपन्देही, ९ चैत ।
    स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सैनामैना नगर समितिले निकट भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिलता र टोलदेखि वडा तहसम्म संगठन गर्नेतर्फ केन्द्रीत भएको छ । केही दिनअघि नेपाली कांग्रेस सैनामैना नगर समितिले बैठकबाट तरुण सैनामैना नगरस्तरीय परिचालन समिति गठन गरेको थियो ।

    तरुण निर्वाचन परिचालन समितिका संयोजक प्रतिक श्रेष्ठको संयोजकत्वमा गठित भएको त्यस समितिले भने सैनामैनाका विभिन्न वडामा वडास्तरीय परिचालन समिति गठनलाई तीव्रता दिएको छ । जसमा बुधबार सैनामैना वडा नम्बर ४ मा तरुण परिचालन समिति गठन भएको छ । किरण थापाको संयोजकत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको सह–संयोजकमा भरत बस्नेत, राजन वीहर, वीमल सेन, किरण चौधरी रहेका छन् । सो समितिले आगामी स्थानीय तहको निर्वाचनका लागि कांग्रेस पार्टिलाई सहयोगीको रुपमा अघि बढ्ने बताइएको छ ।

    कार्यक्रम नेपाली कांग्रेस सैनामैना वडा नम्बर ४ का सभापति जगन्नाथ गौतमको अध्यक्षता, कांग्रेस रुपन्देही जिल्ला पूर्व उपसभापति फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, महासमिति सदस्य पुर्ण बहादुर वि.क, महासमिति प्रतिनिधि तारा बेल्बासे, कांग्रेस जिल्ला सदस्य जीवनबन्धु सेवानी, कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालको विशिष्ट आतिथ्यता तथा कांग्रेस सैनामैना नगर सभापति निवर्तमान सभापति राम प्रसाद अधिकारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पूर्व जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले स्थानीय निर्वाचन नजिकिएकाले निर्वाचनका लागि तयार हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    जनताको दल कांग्रेस भएको दावी गर्दै कांग्रेसमय बनाउन कांग्रेस लागिपरेको समेत शर्माले उल्लेख गरे । पार्टीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔं अभियानलाई तीव्रता दिएको शर्माले बताए । युवाहरु एकताबद्ध भएर लाग्न आग्रह गर्दै कांग्रेसलाई जिताउन हरपल सहयोग हुने उनले अपेक्षा समेत राखे । शर्माले एमसिसीको विषयमा एमाले लगायत अन्य पार्टी भ्रम फैलाएकोप्रति आपत्ति जनाउदै एमसीसी देशको हितमा भएको प्रष्टाए ।

    दुईतिहाईसहितको एमाले सरकार हुदाँ सुुकुम्बासी समस्या समाधान नगरेको भन्दै कांग्रेसले नै सुकुम्बासीलाई जग्गाको मालिक बनाउने ठोकुवा उनले गरे । स्थानीय तहमा मनपरी रुपमा भ्रष्टाचार भइरहेको भन्दै जनताको करलाई दुरुपयोग नगर्न आग्रह गरे ।

    02 (1).jpg


    तरुण सैनामैना नगरस्तरीय परिचालन समितिको संयोजक प्रतिक श्रेष्ठले बोल्दै आगामी निर्वाचनमा कांग्रेसको ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई तीव्रता दिने बताए । साथै निर्वाचनको बेला हुने गलत क्रियालापकोविरुद्धमा उत्रिने बताउँदै श्रेष्ठले शान्ति र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न यो परिचालन समितिले अतुलनीय भूमिका निर्वाह गर्ने बताए ।

    सैनामैनाको मुर्गियास्थित ग्लोबल पार्टी प्यालेसमा भएको कार्यक्रममा कांग्रेस सैनामैना वडा नम्बर ४ का वडा सचिव हरि शर्मा गौतमको सञ्चालनमा सम्पन्न भएको हो । सोही अवसरमा एक सय जना युवाहरु नेपाली कांग्रेसमा भएका छन् ।