२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख

बिहिवार , चैत्र १०, २०७८

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • ब्रसेल्स, १० चैत। नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ूठूलो गल्तीू गरेको आरोप लगाएका छन् । “राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो ।” उनले भने।

    उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्, ”स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि भनेका छन्।

    स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर “लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुनस् स्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ।” रासस