
बिहिवार , चैत्र १०, २०७८
चैत्र १० गते। नेकपा माओवादी केन्द्र सैनामैना नगर समितिले वडातहमा निर्वाचन परिचालन कार्यालय उद्धघाटनलाई तिव्रता दिएको छ । स्थानीय तहको चुनाव नजिकिए संगै सैनामैनाका विभिन्न वडामा निर्वाचन परिचालन कार्यालय स्थापना गर्दै अघि बढेको पाइएको हो ।
नेकपा माओवादी केन्द्र सैनामैना वडा न.४को आयोजनामा बुधबार निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको छ । आसन्न चुनावमा माओवादी केन्द्रलाई विजय बनाउनका लागी कार्यालय उद्घाटन गरिएको माओवादी केन्द्र सैनामैना वडा न. ४ का ईन्चार्ज गोविन्द खरेलले जानकारी दिए ।
कार्यालयको उद्धघाटन गर्दै नेकपा माओवादी लुम्बिनी प्रदेश सदस्य तथा क्षेत्र न.५का ईन्चार्ज अमर रोकाले गणतन्त्रलाई संस्थागत गर्न र आमजनताको पक्षमा उभिने पार्टि माओवादी केन्द्र भएको दाबी गरेका छन् ।
उनले जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ जनपक्षीय भएर कार्य सम्पादन भएको उल्लेख गरे । पार्टिसंग नविन सोच, विचार भएका कारण देशब्यापी रुपमा माओवादीमय भएको विश्वास रोकाले गरे ।
नेकपा एमाले भित्र अहङ्कार भएका कारण अहिले प्रतिपक्षमा बस्न परेको आरोप समेत उनले लगाए । आगामी हुने स्थानीय चुनावमा माओवादीलाई जिताउन प्रत्येक आमजनताको घरदैलोमा पुग्न कार्यकर्तालाई उनले आग्रह गरे ।
यस्तै,कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सदस्य तथा क्षेत्र न.५का सह–ईन्चार्ज भोला बस्यालले नेपाली जनतामा शासन र दमन गरेको सामान्ती राजसंस्थालाई माओवादीको जनयुद्धले ढाल्न सफल भएको कुरा उल्लेख गरेका छन् ।
दलित,आदिबासी,जनजाती,महिला र हरेक समुदायको हकअधिकार सुनिश्चित गर्न पार्टि लडिरहेको बताउदै सुखी नेपालीको अभियानलाई साकार पर्ने दिशा तर्फ केन्द्रीत भएको बताए । आगामी स्थानीय चुनावमा माओवादीले जित्यो भने सरकार गाडीहरु जनताको सुविधाका लागी प्रयोग गरिने बताए । एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधी भ्रष्टाचारमा लिप्त भएको आरोप समेत उनले लगाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र सैनामैना नगरका अध्यक्ष मान(नारायण) बहादुर महतले सबै मोर्चाको निर्णायक भूमिका माओवादी केन्द्र भएको दाबी गरेका छन् । समान अधिकार र समावेशीता सहितको एजेण्डा सवै पार्टीले उठान गर्नुपर्ने देखिएको बताउँदै माओवादी केन्द्रले दलित, जनजाति, आदीबासी लगायत समुदाय र महिलाहरुको अधिकारलाई रक्षा गर्न सधै प्रयासरत रहेकोे बताए ।
माओवादी केन्द्रले महानयुद्धबाट ल्याएको उपलब्धिहरुलाई आम जनतामा लैजानुपर्ने भन्दै भ्रमको खेती गर्नेहरुको पछाडी नलाग्न आग्रह गरे । आगामी स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउन मतका साथ सहयोग रहने समेत अपेक्षा प्रकट गरे । सैनामैना नगरपालिकामा लालझण्डा ठडाएरै देखाउने उनलको प्रतिबद्धता रहेको छ ।
माओवादी केन्द्र क्रान्तिकारी भएकाले के.पी. ओली प्रवृत्तिलाई किनारा लगाएको बताए । माओवादी केन्द्रसंग कुनै पनि शक्ति टकराउने आँट अहिलेसम्म नगरेको दावी गर्दै अहिले के.पी. ओली प्रवृत्तिका व्यक्तिहरुलाई समाज र देशबाट बहिष्कार गर्न पनि तयार रहेको कुरा महतले जानकारी गराए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश प्रतिनिधी दिपक अधिकारी,जिल्ला सल्लाहकार हरिहर भट्टाराई, ज्ञानराज पन्थी, नगर उपाध्यक्ष राजेन्द्र घिमिरे,तेज नारायण सुवदी लगायतले बोलेका थिए भने वाईसिएल नगर अध्यक्ष शान्ति बरालको आतिथ्यता रहेको कार्यक्रममा माओवादी केन्द्र सैनामैना वडा न.४ का अध्यक्ष सुरज भट्टाराईको अध्यक्षता, वाइसिएल सैनामैनाका कोषाध्यक्ष सुर्य प्रकाश चौधरीको स्वागत मन्तव्य तथा माओवादी केन्द्र सैनामैना वडा न.४ का ईन्चार्ज गोविन्द खरेलको सञ्चालनमा सम्पन्न भएको हो । सैनामैना वडा न.४ स्थित बुद्धचोकमा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij