सबभन्दा पहिलो जानकारी,पहिलो हप्ता लक्षणको हप्ता, दोस्रो हप्ता जटिल अवस्थाको हप्ता, तेस्रो हप्ता निको हुदै गएको अवस्था हो। पहिलो हप्तामा विशेष गरी ज्वरो आउने, घाटी दुख्ने, जीउ दुख्ने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जति पनि लक्षणहरु छन सबै यहि समयमा देखा पर्छ। जुन व्यत्तिलाई निको हुने सम्भावना छ उसलाई दुई तीन दिन देखी पाँच सात दिनमा निको भइहाल्छ। पहिलो हप्तामा अधिकांश सामान्य लक्षण देखिएका कोभिडका विरामीहरु निको हुन्छन् उनीहरुलाई खासै समस्या आउदैनन् तर उनिहरुले यो हप्तामा अरुलाई संक्रमण सारेकी सारेनन् भन्ने प्रश्न सबैभन्दा महत्वपुर्ण कुरा हो। अहिलेका नेपालमा पँचास बर्ष भन्दा कम उमेरका अधिकांंश संक्रमित सामान्य लक्षणमानै ठीक भइरहेका छन यतिसम्म कि मेरा नियमित मुटुरागका विरामी पनि ठीक भइरहेका छन। त्यो पनि कुनै समस्या नभईकन ठीक भएका छन। पहिलो हप्तामा सामान्य लक्षण देखिएका अधिकांश विरामीहरु ठीक भइरहेका छन्।
अब सुरु हुन्छ दोस्रो हप्ता, कहिलेकाही के हुन्छ, भने पहिलो हप्तामा सामान्य लक्षण देखिएर ठीक भइ हाल्नु भयो तर दोस्रो हप्तामा जटिल समस्या आउन सक्छ। कहिलेकाही दोस्रो हप्तामा समस्या यति बढेको अवस्था समेत भइदिन्छ कि दुर्घटना समेत घट्न पुग्दछ। यसमा चाहि कुन केस दुर्घनातिर जान्छ भने यदि विरामीको ज्वरो घटिराखेको छैन या सुरुको एक दुई दिन ज्वरो देखियो र फेरि चार पाँच दिन देखि पुन ज्वरो आउन थाल्यो भने हामीले फोक्सोमा असर परिसकेको हुनसक्ने अनुमान गर्न सक्दछौ।
दोस्रो कुरा पहिले खोकी थिएन तर अब खोकी आउन थाल्यो भने यो जान्नु पर्छ कि यो जटिलतातिर जादै छ। किनभने खोकीले असर गर्ने भनेको फोक्सोलाई हो। कहिलेकाही घाटीमा समस्या भएर पनि खोकी लाग्ने हुन्छ तर तीन चार दिन ज्वरो आइसक्यो र खोकी पनि सँग सँगै छ भने प्रत्येक विरामीले आफ्नो सेचुरेसन अर्थात अक्सिजन नाप्नु पर्दछ। यो नाप्न किन जरुरी छ भने हामीलाई बेस लाइन कति छ नर्मल व्यक्तिको ९५–१०० सम्म हुन्छ कसै कसैको सामान्यतया ९२–९३ पनि हुनसक्छ तर सामान्यतया ९५ भन्दा तल भयो भर्ने फोक्सोमा असर गरेको छ भन्ने बुझनुपर्छ।
कोभिडको लक्षण देखिनासाथ तपाईको अक्सिजन नापिहाल्नु पर्छ फोक्सोलाई असर गनुभन्दा पहिले त्यसको बेसलाइन कति छ् थाहा पाइराख्नु पर्छ। त्यसपछि सेचुरेसन ९५ भन्दा तल हुन थाल्यो भने जटिलतिर जादै छ भन्ने बुझ्नु पर्दछ। कहिलेकाही सेचुरेसन नाप्ने मेसिनमा गडवडी हुदा पल्स मिटरले पनि सहि नतिजा नदिन सक्छ। नङमा पोलिस लगाएको छ भने वा मुटुको धड्कन तल माथि भएको खण्डमा यसले गलत नतिजा दिन सक्छ त्यस्तो अवस्थामा एउटै औलामा मात्र नलगाएर प्रत्येक औलामा लगाउदै हेनुपर्ने हुन्छ। वेवहरु बराबर मात्रामा आइरहेको छ भने नतिजा सहीहो भनि बझ्नु पर्दछ।
एक्सरे गर्नुपर्छ कि पर्दैन
कसैलाई सुरुमा तीनचार दिनमै एक्सरे गनुपर्ने हुँन्छ। एक्सरेमा सबै निमोनियाहरु नदेखिन सक्छ र जटिल समस्या भएका दीर्घ रोगीहरुलाई भने सीटीस्क्यान गरेर पत्ता लगाउन सकिन्छ। यस्ता जोखिमका विरामीहरुमा अक्सिजनको मात्रा एकदमै घटेर भेन्टीलेटर र आइसियूमा राख्नुपर्ने हुनसक्छ। यस्ता लक्षण भएका विरामीलाई दोस्रो हप्ता एकदमै जोखिम हुन्छ।
यस्ता जोखिम भएका विरामीहरुलाई रगतको परिक्षणहरु गनुपर्ने पनि हुन्छ। जस्तो उमेर बढि भएका दीर्घ रोगीका विरामीहरुलाई अन्य परीक्षण गरी तत्काल चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ। यसको मुख्य लक्षण भनेको चार पाँच दिन सम्म ज्वरो आउने खोकी लागि रह्यो भने डाक्टर संग सल्लाह लिनुपर्ने हुन्छ।
पिसिआर गर्नुपर्छ कि पर्दैन?
पहिले हप्ता सामान्य लक्षण देखियो र कम हुदै गयो तर तपाईको जोखिम सकिएको हुदैन। दोस्रो हप्तातिर ज्वरो आयो, खोकी लाग्यो अक्सिजनको लेवल घट्यो तपाई तत्काल अस्पताल जानुपर्ने हुन्छ। तर अस्पतालले तपाई कोभिडको विरामी हो होइन भन्ने पत्ता नलगाई उपचार सुरु गर्दैन कोभिडको उपचार गर्नको लागि तपाईको रिपोट पोजेटिभ भएपछि मात्र सुरु हुन्छ।
लक्षण देखिएका तथा दीर्घरोग भएका हरुले पिसिआर रिपोर्ट लिएर राख्नुपर्ने हुन्छ। जसले गर्दा अस्पतालमा उपचार सुरु गर्न सजिलो होस्।
तपाइलाई सामान्य लक्षण देखियो तपाई पोजेटिभ हुनुहुथ्यो चार पाँच दिनमा तपाई पहिले कै अवस्थामा फर्किनुभयो र मलाई यो कोभिड थिएन भनि बाहिर निस्किनुभयो भने तपाईले अरुलाई सार्न सक्नुहुन्छ। त्यसैले सामान्य लक्षण देखिएमा कि परिक्षण गरेर ढुक्क भएर बस्नुस अथवा चौध दिन आइसोलेसनमा बस्नु उपयुक्त हुन्छ।
ज्वरो नआए पनि धेरै टाउको दुख्यो, जीउ दुख्यो सामान्य रुघाखोकी जस्ता लक्षण कोभिडको प्रारम्भिक लक्षण हुनसक्छ। ९९ डिग्री मात्र ज्वरो आएपनि कोभिडकै लक्षण हुनसक्ने हुनाले टेस्ट गर्नुपर्ने हुन्छ। यदी टेस्ट गनुभएन भने तपाई आइसोलेसनमा बस्नुपर्ने नै हुन्छ।
सामान्य लक्षण भएका विरामीहरुको लागि घरेलु उपचारहरु गरेर जस्तै वाफ लिने, तातो पानी खाने, आफुले गरिरहने घरेलु उपचारहरु गर्न सक्नुहुन्छ।
खानाका लागि हामीले दैनिक जे खाइरहेका छौ नर्मल डाइट नै खादा हुन्छ। मुटु, प्रेसर र डाइबेटिजका रेगुलर औषधी खाइरहेका विरामीहरु नियमित औषधीहरु नछोड्ने तर कहिलेकाही अलि अलि प्रेसर थप घट हुदा आतिनुहुदैन कहिलेकाही ज्वरोको कारणले प्रेसर धेरै घट्न सक्छ यस्तो बेलामा केही दिन प्रेसरको औषधी नखान पनि सकिन्छ। तर नियमित प्रेसर नापिरहने र फेरि प्रेसर बढ्दै गएपछि औषधि पुन खान थाल्नुपर्छ।
अर्को कुरा कोभिड निको भएर पनि कतिपय मानिसहरुलाई गन्ध, स्वाद थाहा नपाउने जीउ दुख्ने जस्ता समस्याहरु हुने गरेको पाइन्छ। तर यो तनावले पनि हुनसक्छ यो सबै अवस्था सहि ठाउमा आउन केही समय लाग्ने हुन सक्छ।
(डा ओम मुर्ति अनिलको फेसबुकमा प्रशारित भिडियोबाट साभार)