images

सोमवार, बैशाख २४ गते २०८१

चौतारी सहकारीको स्थापना दिवस : बृहत रक्तदान गरि मनायो

चौतारी सहकारीको स्थापना दिवस : बृहत रक्तदान गरि मनायो

images
images
images
आइतवार, चैत्र १३ २०७८
आइतवार, चैत्र १३ २०७८
  • चौतारी सहकारीको स्थापना दिवस : बृहत रक्तदान गरि मनायो

    चैत्र १३ गते ।  रुपन्देहीको सैनामैनामा रहेको चौतारी बचत तथा ऋहण सहकारी संस्थाको १०औँ स्थापना दिवस तथा ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज पर्रोहा हेल्थ पोष्टमा बुटवल रक्तसंञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।

    images
    images
    images

    कार्यक्रम चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकनाथ अधिकारीको अध्यक्षता, नेपाली काँग्रेसका निर्वतमान जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता,कांग्रेस लुम्बिनी प्रदेश सदस्य चित्र बहादुर केसी,नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीको विशिष्ठ आतिथ्यता,काँग्रेसका महाधिवेशन प्रतिनिधि तारानाथ बेलबासे, नेपाली कांग्रेस सैनामैनाका नगर सभापति रण बहादुर खनाल,पूर्व नगरसभापति रामप्रसाद अधिकारी,चौतारी बचत तथा ऋहण सहकारीका पूर्व अध्यक्ष टेकबहादुर रेश्मी,रुद्र प्र.गौतम,लेखा समिति संयोजक माधव प्रसाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा सहकारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जगन्नाथ गौतमको स्वागत तथा र सचिव चितामणी भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij