आइतवार , चैत्र १३, २०७८
भैरहवा, १३ चैत ।
कामना सेवा विकास बैंक लिमिटेडको आयोजनामा रुपन्देहीको सियारी गाउँपालिकामा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
सियारी गाउँपालिका वडा नम्बर १ स्थित सोनारेतमा आयोजना गरिएको कार्यक्रममा बैंकसम्बन्धी जानकारी, बचतबारे जानकारी, बैंकको सुविधाबारे जानकारी लगायत जानकारी गराइएको थियो ।
सियारी वडा नम्बर १ का स्थानीयबासीलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय, समाजसेवी, कृषक, व्यापारी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कामना सेवा विकास बैंक लिमिटेड कैलाशनगर शाखा प्रबन्धक शारदा रिजालले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिइन् । स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा शाखाका कर्मचारी पार्वती रेग्मी र एलिसा रामदामले वित्तीय व्यवस्थापनबारे आ–आफ्नो भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij