
मंगलवार , चैत्र १५, २०७८
भैरहवा। नेकपा माओवादि केन्द्र रुपन्देहीको भैरहवा स्थित सिद्दार्थ नगरले निर्वाचनलाई लक्षित गर्दै चुनाव केन्द्रीत वडा तहमा बिभिन्न प्रशिक्षण कार्यक्रमहरु सहित निर्णयहरु गरी सबै वडा स्तरमा जिम्मेबारि टुंगो लगाएको छ ।
नेकपा मओवादि केन्द्रका केन्द्रीय सदस्य हकिकुल्ला खाँ को प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। चुनाब लक्षीत गरि गरीएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खाँले हामी एक्लै चुनाब लड्न सक्ने बतारण बनाउनु पर्छ भन्दै आगामि निर्वाचना माओवादि केन्द्र पुन एकपटक उदाउने छ र जनप्रिय पाटिको रुपमा स्थापित हुने बताए ।
माओवादी केन्द्र रुपन्देही क्षेत्र नं। ३ का ईन्चार्ज तिर बहादुर राक्का (डार्विन) ले रुपन्देही बिगतका निर्वाचनमा एमालेको आधार क्षेत्र हो तर पछिल्लो समय सरकार फेरवदल सगैँ राजनिति परिबेस परिवर्तन हुदाँ आगामी निर्वाचनमा एमालेलाई निकै चुनौति थपिएको छ । यस सगैँ माओवादी केन्द्रले फड्को मार्ने र पहिलो पाटि बन्ने बताउँदै जनताको जनजिबिका सगँ जोडिएको समस्याको खोजी गर्ने र त्यसको समाधान गरी जनताको मन जित्ने र आगामी बैशाख ३० गते हुने निर्वाचनामा बलियो प्रतिस्पर्धािको रुपमा उभिने वातावरण निर्माण गर्न आग्रह गर्दै उपस्थित कार्यकर्ताहरुलाई बिशेष प्रशिक्षण दिएका थिए ।
उक्त बैठकले निर्वाचन केन्द्रित रहि बिभिन्न निर्णयहरु समेत गरेको छ ।
१। नारायण हमालको नेतृत्वमा ७ सदस्यीय सिफारिस समिति गठन भएको छ ।
२। उमेश खनालको नेतृत्वमा ६ सदस्यीय घोषणा पत्र समिति गठन भएको छ ।
३। नारायण हमालको नेतृत्वमा ५५१ जनाको निर्वाचन परिचालन कमिटि गठन ।
४। नारायण हमालको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।
५। तिर बहादुर राक्का (डार्विन) को नेतृत्वमा ५ सदस्य वार्ता समिति गठन गरिएको छ ।
उक्त कार्यक्रम प्रत्येक वाडका अध्यक्षहरुले जनहितको लागी आगामी निर्वाचनका कसरि अघि बढ्नु र कसरि जित सुनिश्चित गर्ने बिषय लगायता आ(आफ्नो वाडको जिम्मेबारि प्रति आफु कसरि प्रसतुत हुने आगामि निर्वाचनमा जनताको रोजाईको पहिलो पाटि हुने बिषयहरुमा रिपोर्टिङ गरेका थिए ।
बैठकले वाड अध्यक्षहरुको पनि घोषणा गरेको थियो । वाड नं १ बाट सुनिल यादव , वाड नं २ बाट सुनि कुमार थापा ,वाड नं ३ बाट केशव कुवर , वाड नं ८ बाट ध्रव लाङगादे, वाड नं ९ बाट पुर्ण प्रसाद भण्डरी रहेको नेकपा माओवादी केन्द्र सिद्धार्थ नगर प्रवक्ता लोकेन्द्र बहादुर धामीले जनाकारि दिए प्रशिक्षण कार्यक्रमा पाटिका सम्पुर्ण कार्यकर्ताहरुको बृहत उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन सिद्धार्थ नगरका नगर सचिव केशव कुँवरले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij