२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

युवा परिचालन समिति सैनामैना–८ गठन, अध्यक्षमा पराजुली

मंगलवार , चैत्र १५, २०७८

रुपन्देही, १५ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सैनामैना नगर समितिले निकट भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिलता र टोलदेखि वडा तहसम्म संगठन गर्नेतर्फ केन्द्रीत भएको छ । केही दिनअघि नेपाली कांग्रेस सैनामैना नगर समितिले बैठकबाट तरुण सैनामैना नगरस्तरीय परिचालन समिति गठन गरेको थियो ।

तरुण निर्वाचन परिचालन समितिका संयोजक प्रतिक श्रेष्ठको संयोजकत्वमा गठित भएको त्यस समितिले भने सैनामैनाका विभिन्न वडामा वडास्तरीय परिचालन समिति गठनलाई तीव्रता दिएको छ । जसमा बुधबार सैनामैना वडा नम्बर ८ मा तरुण परिचालन समिति गठन भएको छ । कृष्णमणी पराजुलीको संयोजकत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको सह–संयोजकमा मुकेश थापा, प्रितम कार्की र बाँकी सदस्यमा रहेका छन् ।सो समितिले आगामी स्थानीय तहको निर्वाचनका लागि कांग्रेस पार्टिलाई सहयोगीको रुपमा अघि बढ्ने बताइएको छ ।

कार्यक्रम नेपाली कांग्रेस सैनामैना वडा नम्बर ८ का सभापति महदत्त ढकालको अध्यक्षता, नेपाली कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनालको प्रमुख आतिथ्यता, कांग्रेस क्षेत्रीय सचिव कृष्ण प्रसाद शर्मा, महाधिबेशन प्रतिनिधी खिम खनाल, प्रदेश प्रतिनिधी मुक्त बहादुर थापा,युवा परिचालन समिति सैनामैना नगर संयोजक प्रतिक श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनालले स्थानीय निर्वाचन नजिकिएकाले निर्वाचनका लागि तयार हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनताको दल कांग्रेस भएको दावी गर्दै कांग्रेसमय बनाउन कांग्रेस लागिपरेको समेत खनालले उल्लेख गरे । पार्टीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔं अभियानलाई तीव्रता दिएको खनालले बताए । युवाहरु एकताबद्ध भएर लाग्न आग्रह गर्दै कांग्रेसलाई जिताउन हरपल सहयोग हुने उनले अपेक्षा समेत राखे ।

स्थानीय तहमा मनपरी रुपमा भ्रष्टाचार भइरहेको भन्दै जनताको करलाई दुरुपयोग नगर्न आग्रह खनालले गरे । तरुण सैनामैना नगरस्तरीय परिचालन समितिको संयोजक प्रतिक श्रेष्ठले बोल्दै आगामी निर्वाचनमा कांग्रेसको ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई तीव्रता दिने बताए । साथै निर्वाचनको बेला हुने गलत क्रियालापकोविरुद्धमा उत्रिने बताउँदै श्रेष्ठले शान्ति र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न यो परिचालन समितिले अतुलनीय भूमिका निर्वाह गर्ने बताए ।

सैनामैनाको बाँसगढीमा भएको कार्यक्रममा कांग्रेस सैनामैना वडा नम्बर ८ का वडा सचिव किरण तिवारीको सञ्चालनमा सम्पन्न भएको हो । सोही अवसरमा एक सय जना युवाहरु नेपाली कांग्रेसमा भएका छन् ।