images

सोमवार, बैशाख २४ गते २०८१

देवदह युवाले हाक्न सक्छ ! टिकट दिए मेयरमा उठ्छु : कांग्रेस नेता विजय गुरुङ

देवदह युवाले हाक्न सक्छ ! टिकट दिए मेयरमा उठ्छु : कांग्रेस नेता विजय गुरुङ

images
images
images
बुधवार, चैत्र १६ २०७८
बुधवार, चैत्र १६ २०७८
  • देवदह युवाले हाक्न सक्छ ! टिकट दिए मेयरमा उठ्छु : कांग्रेस नेता विजय गुरुङ

    चैत्र १६ गते। आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन १ महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ । रुपन्देहीका १६ वटा पालिका मध्ये देवदह नगरपालिका पनि एक पालिका हो । पुर्व –पश्चिम राजमार्ग र सिमा क्षेत्र संग जोडिएको देवदहमा आगामी स्थानीय चुनावमा कस्ले मेयरको बाजी मार्ला भन्ने चर्चा परिचर्चा हुन थालेको छ ।

    images
    images
    images

    ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायत सवालमा पनि अहिले जताततै चर्चा छ । मेयर तथा उपमेयरका आंकाक्षीहरु ताँती लागेको देखिन्छ । आकांक्षीहरु यसो त यतिबेला पार्टिका शिर्ष नेताहरु संग नजिक हुने, लविङ गर्ने, रिजाउने र टिकट आफनो पोल्टामा पार्ने तर्फ केन्द्रीत भएको पाइन्छ ।

    त्यसमाथि, रुपन्देहीको देवदह नगरपालिका अझ विशेष रूपमा हेरिन थालिएको छ । खासगरी, कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने कौतुहलता आमरूपमा हुनेनै भयो ।

    स्थानीय चुनावका लागि देवदहमा दलहरूले उम्मेदवार छान्न शुरू नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । खासगरी, प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले पार्टिले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको छ ।

    देवदह नगरपालिकाको मेयरमा कुनै पनि राजनीतिक दलले भने हालसम्म उम्मेदवारको टिकट वितरण गरिसकेका छैनन् । तर, सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । हालसम्म प्रमुख राजनीतिक दलबाट चर्चामा रहेका उम्मेदवारको विवरण यस्तो छ ।

    नेपाली कांग्रेस

    देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री पुन दोहोरिने चर्चा हुन थालेको छ । देवदहका १२ वटा वडा मध्ये ३  वडाअध्यक्ष मात्र जितेर खत्री मेयर भएका थिए । अहिले पनि पुन : हिरा बहादुर खत्री दोहोरिने संकेत देखिएको हो । उनले अझै एक कार्यकाल दोहोरिन पाउनुपर्ने भन्दै सार्वजनिक रूपमै बताउन थालेका छन् । आफूले नगरको विकासका लागि स्पष्ट खाका बनाएको र सोअनुसार काम गरेर देखाउनका लागि आफू पुन : मेयरमा उम्मेदवार हुन पाउनुपर्ने उनको जिकिर छ ।

    यसैगरी, देवदह मेयरको उम्मेदवारका रूपमा नेपाली कांग्रेस जिल्ला सहसचिब बासुदेव रिमाल, देवदह सभापति गुणाखर भुर्तेल, कांग्रेसका नेता रामकृष्ण पौडेल, विश्वनाथ यादवको नाम चर्चामा छ ।

    देवदहमा पुरानै अनुहार दोहोरिने हुन् कि नयाँ अनुहारले अवसर पाउने हो त्यो त भविष्यले बताउँला तर देवदह नगरपालिकालाई हाक्न युवाहरुले पनि मेयरको आंकाक्षी देखाएको पाइएको छ ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र न.१का क्षेत्रीय सचिब तथा युवा नेता विजय गुरुङ पनि देवदह मेयरको आंकाक्षीका रुपमा देखिएका छन् ।परिर्वतनको सम्वाहक नै युवाहरु भएका कारण यो चोटी पार्टिले सक्षम र योग्य ठानेर टिकट दिए देवदह मेयरमा उठ्ने बताएका छन् ।

    विधार्थीकाल देखि नै कांग्रेसको राजनिति गरेका विजय गुरुङ सामाजिक क्षेत्रमा पनि उनको भुमिका उत्तिकै ठानिएका छन् ।देवदह जेसिजको संस्थापक अध्यक्ष देखि नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्ष जस्ता दर्जानौँ संघसस्थामा रहेर कार्य गर्दै आएका छन् । समाजमा रहेका हरेक विकृति,विसंगतिको विरुद्धमा उत्रिदै युवा समाजसेवीको रुपमा उदारणीय कार्य गर्दै आएका गुरुङ समग्र देवदहको विकास र जनताको सेवक बन्न मेयरको आंकाक्षी बनेका छन् ।

    लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि हालसम्म आम निर्वाचनमा उनले चुनाव लडेका छैनन् । कांग्रेसमा रहेर लामो समय काम गरिसकेका गुरुङले देवदह क्षेत्रमा राम्रो पकड बनाएका छन् । खासगरी, उनलाई इमान्दार राजनीतिकर्मीका रूपमा सबैले चिन्ने गरेका छन् ।

    युवाहरुले पनि देश हाक्ने ल्यागत राख्ने बताउदै कांग्रेसले टिकट दिए आफु चुनावी मैदानमा उत्रिने समेत उल्लेख गरेका छन् । आमजनताको माग पनि युवाहरुको नेतृत्व चाहेकाले अवसर दिए ५ वर्ष जनताको सेवक बन्न तयार भएको कुरा समेत युवा नेता विजय गुरुङ दर्साएका हुन् । के युवालाई कांग्रेसले मेयरको टिकट दिला ? चासोको विषय बनेको छ ।

    नेकपा एमाले

    देवदह नगरपालिकाको उपप्रमुख सहित ९ वटा वडामा जितेको नेकपा एमालले यसपटक मेयर सहित १२ वटै वडामा जित्ने दाउमा रहेको छ । देवदह मेयरको आंकाक्षीको रुपमा नेकपा एमालेबाट धेरै जनाको नाम चर्चामा देखिएको छ ।

    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य धुव्र खरेल, एमालेका नगर अध्यक्ष प्रकाश अर्याल, एमाले स्थानीय नेता ऋषिराम सापकोटालाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । अघिल्लो सालको स्थानीय निर्वाचनमा मेयर पदमै पराजित भएका टिकाराम चापागाईले पुन उम्मेद्वारी बन्ने होडमा रहेका छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij