images

सोमवार, बैशाख २४ गते २०८१

दुधराक्ष क्लबले दोस्रो वडाकप ब्याड्मिन्टन प्रतियोगिता गर्दै

दुधराक्ष क्लबले दोस्रो वडाकप ब्याड्मिन्टन प्रतियोगिता गर्दै

images
images
images
बुधवार, चैत्र १६ २०७८
बुधवार, चैत्र १६ २०७८
  • दुधराक्ष क्लबले दोस्रो वडाकप ब्याड्मिन्टन प्रतियोगिता गर्दै

    चैत्र १६ गते। रुपन्देहीको सैनामैनामा रहेको दुधराक्ष युवा क्लबले दोस्रो वडाकप ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । क्लबले विगतका वर्षमा जस्तै यस वर्ष सैनामैना वडा न. ६ वडाकप ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको क्लबका सचिब पदम प्रसाद पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    चैत्र १९ गते सैनामैना इनडोर स्पोर्टस एरिना सैनामैना ७, लुम्बिनी रोडमा हुने प्रतिगोगितामा प्रथम हुनेले रु.१५ हजार नगत राशी, द्वितिय हुनेले १० हजार, तृतियले ४ हजार, वेष्ट प्लेयरलाई रु.२ हजार नगद र ट्रफि, मेडल र प्रमाण पत्रद्वारा सम्मान गरिने क्लबका उपाध्यक्ष तथा खेल संयोजक सुनिल पोख्रेलले जानकारी दिए । साथै, खेलमा सहभागिताका लागी चैत्र १८ गते सम्म टिम दर्ताका लागी तोकेको छ ।

    खेल क्षेत्रको श्रीबृद्धिका लागी खेलको आयोजना गर्न लागीएको क्लबका अध्यक्ष किरण पोख्रेलले बताएका छन् । स्थानीय क्षेत्रबाट उत्पादन भएका खेलाडीहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा हुने प्रतियोगितामा निर्णायक प्रर्दशन गर्न सक्ने भन्दै अध्यक्ष पोख्रेलले खेलाडीहरुको प्रोत्साहन स्वरुप खेल गर्न लागीएको उल्लेख गरे ।

    club.jpg
    undefined

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij