images

सोमवार, बैशाख २४ गते २०८१

लुटेराद्वारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला, सञ्चालकमाथी घन प्रहार

लुटेराद्वारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला, सञ्चालकमाथी घन प्रहार

images
images
images
शुक्रवार, चैत्र १८ २०७८
शुक्रवार, चैत्र १८ २०७८
  • लुटेराद्वारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला, सञ्चालकमाथी घन प्रहार

    चैत्र १७ गते । अज्ञात समुहद्धारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला भएको छ । बिहिबार साँझ करिब ६ः३० बजेको समयमा सैनामैना वडा न.१,रानवगिया स्थित बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुट्न छिरेका अज्ञात समुहले फलामको घन(ह्म्बर)ले टाउँकोमा प्रहार गर्दा सुनचाँदी सञ्चालक घाइते भएका छन् । घाइते हुनेमा सो ठाँउ बस्ने अन्दाजी वर्ष ३५का गणेश हमाल रहेका हुन् । घाइते हमलालाई उपचारका लागी बुटवल पठाइएको छ ।

    images
    images
    images

    लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समुहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । हमला गरे संगै ति लुटेरा भाग्ने अवस्थामा थिए तर स्थानीयले एक पुरुषलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय रन्यौरालाई जिम्मा लगाएको छ ।

    प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

    उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ति लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij