
शनिवार , चैत्र १९, २०७८
भैरहवा, १९ चैत ।
यातायात क्षेत्रका समस्याप्रति सरकार गम्भिर नभएको गुनासो गर्दै सम्बद्ध व्यवसायीहरुले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नुपर्ने माग गरेका छन् । त्यस्तै भारतीय गाडीले ठूला डिजेलका टंकी बनाएर डिजल भरेर नेपालबाट भारत लैजाने अवैध कामको पनि अन्त्य हुनुुपने व्यवसायीको माग छ । क्षमता भन्दा बढी सामान लिएर नेपालमा नेपाली ट्रक हिड्दा राज्यले कडाइ गरे पनि भारतीय ट्रकको ओभरलोडमा राज्य उदार रहेको व्यवसायीहरुको गुनासो छ ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर, रुपन्देहीको शुुक्रबार भैरहवामा भएको १० औं साधारणसभा तथा पाँचौ अधिवेशन कार्यक्रममा बोल्दै व्यवसायीहरुले राज्यले वेवास्ता गर्दा ट्रक यातायात क्षेत्र धरासायी भएको र व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि हुुँदा समेत ढुुवानीमा भाडा समायोजन नभएको भन्दै व्यवसायीहरुले तत्काल भाडा बढाउन समेत माग गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासघंका अध्यक्ष राजेन्द्र कुुमार श्रेष्ठले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहिले भाडा समायोजन नहुुँदा थप समस्यामा परेको बताए । ट्रक व्यवसायीले गरेको योगदान राज्यले बुझ्न नसकेको भन्दै उनले कहिलेकाही व्यवसायी एक नहँुदा समेत राज्यले आफूहरुलाई वेवास्ता गरेको बताए । उनले भारतबाट आएका १५÷२० वर्ष पुराना र क्षमता भन्दा बढी सामान लिएर आएका ट्रकहरुलाई भन्सार बिन्दुमै रोक्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाल ट्रक यातायात ब्यबसायी महासघंका निर्वतमान अध्यक्ष अर्जुुन रानाभाटले भारतीय गाडी भन्सारबाट सिधै समान लिएर नेपालका कुनाकुनामा पुग्दा नेपाली ट्रकहरु भने समान नपाएर बस्नुुपर्ने बाध्यता रहेको बताए । यस्तो अवस्थामा राज्यले भन्सारसम्म मात्र भारतीय गाडीलाई ईजाजत दिएर नेपालमा नेपाली गाडीले नै बोन्ने वातावरण मिलाउनुपर्ने उनको माग थियो । महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले नेपाल भित्र ढुवानी गर्न नेपाली व्यवसायी सक्षम रहेको भन्दै राज्यले त्यही अनुसारको नीति बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले अविलम्ब भाडा समायोजनको माग गर्दै समायोजन भएको भाडा कार्यान्वयन हुुनुुपर्ने बताए । उनले यातायात क्षेत्रका समस्याबारे राज्यका सवै निकाय जानकार भएर पनि नीतिगत व्यवस्था सुुधार गर्न वेवास्ता भइरहेको बताए ।
लुुम्बिनी ट्रक यातायात व्यवसायी सघंका महासचिव रुमाखर गौतमको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष मधुुसुुधन आचार्यको स्वागतमा भएको कार्यक्रममा महासंघका महासचिव राजेन्द्र विक्रम बानिया, नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुुमार श्रेष्ठ, नारायणी यातायात समितिका अध्यक्ष हिरालाल श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, संघका वरिष्ठ सल्लाहकार शशि न्यौपाने, महासंघका लुुम्बिनी प्रदेश संयोजक यम प्रसाद पाण्डे, वाणगंगा यातायात समितिका अध्यक्ष विष्णुु प्रसाद न्यौपाने, नारायणी यातायात प्रा.लि.का अध्यक्ष गोकर्ण प्रसाद पराजुुली, उद्योग ब्यापार सगंठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, नागरिक समाज रुपन्देहीका अध्यक्ष रेशम केसी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij