२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन ओलीको आग्रह

सोमवार , चैत्र २१, २०७८

काठमाडौं, २१ चैत ।
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गरेका छन् । एमालेको जनसंगठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले राष्ट्रको समृद्धि र राष्ट्रिय हित चिताउने तथा जनताको सेवाका लागि समर्पित हुन आह्वान गरे ।

पूर्व प्रधानमन्त्री ओलीले राजनीतिलाई आर्थिक नाफाको विषय बनाउने र व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरूले देश बनाउन नसक्ने दाबी गर्दै एमाले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गराउने अभियानमा आफ्नो पार्टी प्रतिबद्ध रहने बताए ।

अध्यक्ष ओलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि सक्रियतापूर्वक लागेर एमालेका उम्मेदवारलाई विजयी बनाउन बुद्धिजीवीहरूलाई आग्रह गरेका थिए । रासस