२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा २०७९ सालको क्यालेण्डर विमोचन

बुधवार , चैत्र २३, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, २३ चैत ।
    मदिरा व्यवसायी संघ भैरहवाले स्वागत कार्यक्रम, २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार भैरहवामा सम्पन्न गरेको छ । 

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलाई स्वागत गरिएको कार्यक्रम संयोजक तथा संघका कोषाध्यक्ष यादव पोख्रेलले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी प्रमुख रेग्मीले कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित भएको बताए । उनले शान्ति सुरक्षाको महसुस गराउने पहिलो युनिट प्रहरी भएको बताए । मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गिरीराजमणि पौडेलले व्यवसायीले अनुशासित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

    मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवालीले संघले व्यवसायसँगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले नयाँ वर्ष २०७९ को पूर्व संध्यामा आयोजना गर्न लागिएको सडक खाना महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले कोभिड–१९ ले अर्थतन्त्र समस्यामा परेको बताए ।
    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मुलुकमै वस्तु उत्पादन गरेर निर्यातमा जोड्नुपर्ने बताए ।
    सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले शान्ति सुरक्षाको अनुभुति भएको बताए ।

    मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण गौतमले नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

    मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्रीले संघलाई अगाडी बढाउन विभिन्न संघ संस्थासँग समन्वय गर्दै अगाडी बढ्नुपर्ने बताए ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले चैत ३० गते आयोजना गर्न लागिएको सडक खाना महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

    IMG_5679.JPG
    undefined

    मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक यादव पोख्रेलको स्वागत, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको धन्यवाद ज्ञापन तथा उपाध्यक्ष भागिरथ पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।