images
images

शनिवार, जेठ ५ गते २०८१

लुम्बिनी मानित विश्वविद्यालय बनाउन आवश्यक जग्गाको जोहो

लुम्बिनी मानित विश्वविद्यालय बनाउन आवश्यक जग्गाको जोहो

लुम्बिनी वाणिज्य क्याम्पस र चारपाला समुदायिक वन उपभोक्ता समितिबीच सम्झौता

images
images
images
शनिवार, चैत्र २६ २०७८
शनिवार, चैत्र २६ २०७८
  • लुम्बिनी मानित विश्वविद्यालय बनाउन आवश्यक जग्गाको जोहो


    बुटवल, २६ चैत । 
    बुटवललाई शैक्षिक विकासको हब मानिन्छ । यहाँको शैक्षिक विकास र गुणस्तर मुलुकमै अब्बल मानिएको छ । बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसलाई लुम्बिनी मानित विश्वविद्यालय बनाउन थालिएको पहल सार्थक हुने भएको छ । यसका लागि आवश्यक पर्ने ३० विगाहा जग्गाको जोहो बुटवल उपमहानगरपालिका–१२ मा भएको छ । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै अत्यावश्यक तथा दीर्घकालीन महत्वका सेवाप्रवाह गर्ने विभिन्न महत्वका योजना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराउन माथिल्ला निकायमा सिफारिस गर्ने भन्दै कानून बनाएको थियो । 

    सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहमा आएसंगै जिल्लास्तरीय प्रशासनिक कार्यालयको समन्वयमा बुटवलले सार्वजनिक महत्व र सरोकारका संरचना निर्माणका लागि जग्गा यकिन गरेको हो । 
    ‘शिक्षा, स्वास्थ्य र सार्वजनिक महत्वका संरचना निर्माणका लागि जग्गा अभाव भएको र चर्को मुआब्जा माग्ने प्रवृत्तिले गौरवका आयोजनाहरु प्रभावित भइरहेको गुनासो आइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले कानुन नै बनाएर नमूना कामको सुरुआत गरेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

    सार्वजनिक जग्गा संरक्षण तथा उपयोग सम्बन्धी कार्यविधि २०७५ पारित गर्दै कानुन निर्माण गरेर बुटवलले यस्तो व्यवस्थित काम अगाडि बढाएको छ ।  बुटवलमा १९ वटै वडाहरुमा सार्वजनिक सम्पत्ति तथा जग्गाको लगत संकलन भएको प्रमुख सुवेदीको भनाइ छ । 

    बुटवलले अतिक्रमण भएका जग्गा फिर्ता ल्याउँदै खेर गएका जग्गाको संरक्षण गरी सार्वजनिक महत्वका संरचना निर्माणका लागि जग्गा सिफारिस गरेको वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए । बुटवलले यकिन गरेर सिफारिस गरिएका योजनाहरुमध्ये लुम्बिनी बाणिज्य क्याम्पसलाई प्रस्तावित ड्रिम विश्वविद्यालय अर्थात् मानित विश्वविद्यालय बनाउन आवश्यक पर्ने जग्गाका सम्बन्धमा पनि थियो । अहिले क्याम्पस र वन उपभोक्ता समूहका बीचमा सम्झौता भएसंगै बुटवलको योजनाबद्ध कामले सार्थकता पाउने भएको छ ।

    बुटवलले प्रादेशिक हरियाली बसपार्क स्थापना गर्ने, अन्तर्राष्ट्रिय स्तरको स्टेडियम, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने, अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक कृषि उपज केन्द्र निर्माणदेखि बुटवल सांस्कृतिक संग्रहालय निर्माणसम्मका कामका लागि आवश्यक जग्गाको सिफारिस गर्ने निर्णय गरेको थियो । 

    क्याम्पस र वन उपभोक्ताबीच सम्झौता

    बुटवल–१२ स्थित चारपाला सामुदायिक वनमा रहेको करीब ३० विगाहा जग्गामा लुम्बिनी मानित विश्वविद्यालय बनाउन प्रस्ताव गरिएको थियो । चारपाला सामुदायिक वन उपभोक्ता समूह र लुम्बिनी वाणिज्य क्याम्पसका बीचमा जग्गाको उपभोगका सम्बन्धमा १० बुँदे सहमति भएको छ । 

    सहमती पत्रमा हस्ताक्षर गर्दै चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओमप्रकाश ठाकुरले आफ्नै आगनमा विश्वविद्यालय स्थापना हुने भएपछि आफूहरु हर्षित भएको बताए । उनले यथाशिघ्र सो क्षेत्रमा विभिन्न विषयका कक्षाहरु सञ्चालन हुने विश्वास समेत व्यक्त गरे । 

    सहमती पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं लुम्बिनी वाणिज्य क्याम्पस, सञ्चालक समिति अध्यक्ष मोतीलाल पाण्डेले लामो प्रयासपछि एउटा प्रयास सार्थक बन्ने बाटोमा पुगेको बताए । 

    यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले शैक्षिक विकासका लागि भएका पहल सार्थक बन्नु खुशीको कुरा रहेको बताउँदै आफुहरु सहकार्य गर्न तयार रहेको बताए ।

    लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तथा जग्गा व्यवस्थापन उप–समितिका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले जग्गा प्राप्तीको पहिलो खुड्किलो पार भएको बताए । 

    पहल सार्थक भयो : जनप्रतिनिधि

    बुटवल उपमहानगरपालिका वडा नम्बर १२, का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीले जग्गा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले गरेको प्रयास सार्थक भएको र यथाशिघ्र आफ्नो वडामा लुम्बिनी मानित विश्वविद्यालय बन्ने विश्वास व्यक्त गरे ।

    शुद्धोधन गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विष्णुप्रसाद बस्यालले सबैको प्रयासले मात्र समाजमा नयाँ नयाँ परिवर्तन हुने भएकाले सबै एकजुट भएर लाग्नुपर्ने बिचार व्यक्त गरे । 

    स्थानीय उत्साहित

    चारपाला वनका उपभोक्ता तथा त्यसक्षेत्रका बासिन्दाहरु विश्वविद्यालय बन्ने कुराले हर्षित भएका छन् । चारपाला सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार तथा समाजसेवी उदयराज काफ्लेले यथाशिघ्र विश्वविद्यालय त्यस क्षेत्रमा देख्न पाउने र भावी सन्ततीले लाभ लिने विश्वास प्रकट गरे ।

    Jagga sifaris aghi kla bu na pa ka xalfal  (2).JPG

    अर्का उपभोक्ता कल्पना आचार्यले आफ्ने गाउँ ठाउँमा विश्व विद्यालयको केन्द्रीय भवन र कार्यालय बन्ने कुराले खुशी लागेको बताउँदै पहल गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन । चारपाला बन मुलुककै ठूलो र धेरै उपभोक्ता भएको वन मानिन्छ । यहाँको खाली र बुट्यान तथा झाडी रहेको जग्गालाई संरक्षण गर्दै विश्व विद्यालय बनाउन उपहानगरले सिफारिस गरेको थियो । यसमा उपभोक्ता समूहले आवश्यक समन्वय गरेका थिए ।

    स्थानीयको अपनत्व हुनेछ : क्याम्पस प्रमुख

    क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले व्यक्ति भन्दा पनि संस्था र समाज ठुलो भएकाले विश्वविद्यालय स्थापनामा सबैले अपनत्व लिनुपर्ने र यसले गर्दा भोलिका दिनमा बुटवल र यस क्षेत्रको शैक्षिक गरिमा बढाउन सहयोग पुग्ने  बताए ।

    विश्वविद्यालय स्थापनाका लागि यस क्षेत्रमा आवश्यक क्रियाकलाप यथाशिघ्र व्यवस्थापन गरिने र लुम्बिनी मानित विश्वविद्यालयले स्कुल अफ विजनेश र स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी सञ्चालन गर्ने क्याम्पस प्रमुख उपाध्यायले बताए । सम्झौताका लागि आयोजित संक्षिप्त कार्यक्रमको सञ्चालन लुम्बिनी वाणिज्य क्याम्पस आई.क्यू.ए.सी. संयोजक पुनाराम घिमिरेले गरेका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij