२०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ : युक्रेनी वार्ता टोलीका संयोजक

बुधवार , चैत्र ३०, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • ३० चैत : रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् । उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताउका हुन्।

    रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भनेका छन्– हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।

    अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भंग हुने त्रास रहेको पनि बताए । उनले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरुलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उनले बताएका छन् । रासस