images

मंगलवार, बैशाख २५ गते २०८१

तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु 

तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु 

images
images
images
बिहिवार, बैशाख १ २०७९
बिहिवार, बैशाख १ २०७९
  • तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु 

    रुपन्देही, १ वैशाख ।
    रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु भएको छ । तिलोत्तमा वडा नम्बर २ स्थित जानकीनगर बस्ने २९ वर्षिय अमृता खत्रीको बुधबार हत्या पछि मृत्यु भएको भन्दै माइती पक्षले आरोप लगाएको छ ।

    images
    images
    images

    सोही घटनालाई लिएर दोषी उपर सजायको माग गर्दै आज माइती पक्ष र स्थानीयले केटापक्षको घर घेराउ गरेका छन् । हिजो राती करिब १० : १५ बजे घर पक्षले माइती पक्षलाई फोनमार्फत अमृताले विष सेवन गरेर मृत्यु भएको भन्दै जानकारी गराएको थियो । अमृता खत्री र प्रेम टण्डनको ५ वर्ष अघि विवाह भएको थियो ।

    घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुस्प खत्रीले आरोप लगाएका छन् । श्रीमान् प्रेम टण्डन, सासु दिपा टण्डन, ससुरा टल सिंह टण्डनले योजनाबद्ध रुपमा अमृताको हत्या गरेको पुस्प खत्रीको भनाइ छ । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने  र हातपात गर्ने गरेको बताए ।

    हिजो राती ९ :३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाई मलाई बचाउनुहोस, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् । ‘करिब १०ः१५ बजे बहिनीको विष सेवन गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको खवर मैले पाएको थिए अमृताका दाजु खत्रीले भने । ’ परिवारकै मिलोमातोमा बहिनीको हत्या भएको भन्दै सत्यतथ्य खोजी दोषीलाई कानूनी दायरामा ल्याउन खत्रीले अपिल गरेका छन् ।

    माइती पक्षका आमा सावित्रा खत्रीले आफनो छोरीको हत्या घरपरिवारले नै गरेको दावी गरेकी छन् । पहिलादेखि नै ज्वाइले छोरीलाई कुटपिट गर्दै आएको र मिलमिलाप गराउन वडा कार्यालयसम्म पनि पुगेको आमा सावित्रीको भनाइ छ ।

    परिवारले नै हत्या गरेको स्थानीय लक्ष्मण शर्माले आरोप लगाएको छन् । करिब ५ वर्ष देखि घरपरिवारले अमृतालाई यातना दिदै आएको शर्माले बताएका हुन्  । निष्पक्ष छानबीनको माग गर्दै दोषीलाई कानूनी उपचारमा लैजान स्थानीय शर्माले आग्रह गरेका हुन् ।

    यता, रुपन्देही प्रहरीले घटनाको विषयलाई लिएर प्रारम्भिक रुपमा अनुसन्धान सुरु गरेको छ । घटना कसरी घट्यो, कस्ले घटायो भन्ने अवस्था अहिले नै नरहेको र पोष्टमार्टमको रिर्पोट आएपश्चात वास्तविकता थाहा हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । त्यस्तै माइती पक्षले प्रहरीलाई किटानी जाहेरी दिन लागेको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij