२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

तिलोत्तमा–९ मा राप्रपाको प्रचार–प्रसार कार्यालय उद्घाटन

शनिवार , बैशाख ३, २०७९

भैरहवा, ३ वैशाख ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य बसन्त विक्रम शाहीले कार्यालयको उद्घाटन गरेका हुन् ।

278324994_3000353646881005_1513072225143677167_n.jpg

राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका तिलोत्तमा नगर अध्यक्ष राधिका पाण्डे, क्षेत्र नम्बर ३ (क)का सदस्य वृजेश यादव लगायतको उपस्थिति रहेको थियो ।