images

सोमवार, बैशाख २४ गते २०८१

नेपाल जेसीजका अध्यक्ष अशोक शंकरको अबैधानिक कदम

नेपाल जेसीजका अध्यक्ष अशोक शंकरको अबैधानिक कदम

न्याय दिलाउनुपर्ने अध्यक्षबाटै जेसीज शाखालाई उल्टै अन्याय !

images
images
images
बिहिवार, श्रावण ८ २०७७
बिहिवार, श्रावण ८ २०७७
  • नेपाल जेसीजका अध्यक्ष अशोक शंकरको अबैधानिक कदम

    भैरहवा ९ साउन। 
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकर र उनी नेतृत्वको सचिवालयले विधानविपरीत सिद्धार्थ जेसीजमा नयाँ अध्यक्ष मनोनित गरेको पाइएको छ । नेपाल जेसीजले स्वायत्त रुपमा सञ्चालनमा रहेका शाखाहरुलाई सल्लाह, सुझाव र टिप्पणी मात्रै गर्न पाउने विधानतः अधिकार भए पनि व्यक्तिगत स्वार्थमा लागेर अध्यक्ष मनोनित गरेको पाइएको हो ।  

    images
    images
    images

    नेपाल जेसीजको विधानमा ‘सिद्धान्तहरुको घोषणाबाट प्रेरित संगठनको उद्देश्य युवाहरुमा नेतृत्व क्षमताको विकास, सामाजिक जिम्मेवारी, व्यवसायिकता र सकारात्मक परिवर्तन सिर्जना गर्न आवश्यक भाइचाराको विकास गर्ने’ उद्देश्य किटान गरिएको छ ।तर, नेपाल जेसीजका वर्तमान अध्यक्ष तथा सचिवालयले जेसीजले निर्माण गरेको विधान बाहिर गएर काम गर्दै आएको छ । समाजमा ‘सकारात्मक परिवर्तन सिर्जना गर्न आवश्यक भाइचाराको विकास गर्ने’ लक्ष्य राखेको जेसीजले लामो ४५ वर्ष लामो इतिहास बोेकेको सिद्धार्थ जेसीजमाथि नांगो हस्तक्षेप गरेको छ । नेपाल जेसिजले आन्तरिक संगठन संचालन प्रक्रियामा ‘भाइचारा’को सम्बन्ध विकास गर्नुको सट्टा विवाद सृजना गराएर लाखौ जेसिज युवाहरुको विश्वासमाथि कुठाराघात गरेको छ ।

    एक वर्षे कार्यकालका लागि भएको ४४ औ साधारणसभा तथा अधिवेशनबाट अत्याधिक मतका साथ विजयी भएका मंगल भण्डारीलाई ६ महिनापछि आएर उमेरको कारण देखाउँदै राष्ट्रिय अध्यक्ष अशोक शंकरले अयोग्य भन्दै निर्वाचनमा पराजित अध्यक्षका प्रत्यासी भुवन राणालाई अध्यक्षमा मनोनित गरेपछि विवाद सुरु भएको हो ।

    jci 1.jpg

    के हो सिद्धार्थ जेसीजमा देखिएको विवाद ?
    सिद्धार्थ जेसीज, वर्ष–२०२० को अध्यक्ष चुन्न थालिएको निर्वाचन प्रक्रिया ४ माघ २०७६ मा टुंगियो । तर, विवाद भने निर्वाचन प्रक्रिया सुरु भएसंगै उब्जियो । संस्थाको ४४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा भुवन राणा र मंगल भण्डारीले अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, चुनावी प्रक्रियामा मंगल भण्डारी अत्याधिक मतका साथ विजयी भएको घोषणा गरियो । अध्यक्षमा विजयी भण्डारीले ६४ मत प्राप्त गरेका थिए भने राणाले ६ मत मात्र प्राप्त गरेका थिए ।  

    आफ्ना प्रतिष्पर्धी उम्मेदवार भण्डारीको विधानले तोके भन्दा बढी उमेर भएको भन्दै राणाले निर्वाचन समितिमा दावी विरोध दर्ज गरे । विरोधपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनमा दावी विरोध गर्नुपर्ने समयसीमा भित्र नगरेको तथा भण्डारीको उमेर ४० वर्षमा चलिरहेको बताउँदै निर्वाचन प्रक्रियालाई अगाडी बढायो । सोही अनुसार निर्वाचन प्रक्रिया टुंगियो र अध्यक्षमा भण्डारी विजयी भएको घोषणा गरियो ।

    mangal.jpg

    निर्वाचन भएको ६ महिनापछि नेपाल जेसीजका केन्द्रीय अध्यक्ष अशोक शंकरले निर्वाचित अध्यक्ष मंगल भण्डारी अयोग्य रहेको भन्दै राणालाई अध्यक्षमा मनोनित गरे । केन्द्रले राणालाई अध्यक्ष बनाएपछि यहीबाट सिद्धार्थ जेसीजको विवाद झन् सतहमा आयो ।

    समानान्तर अध्यक्ष तर कार्यक्रम भने भण्डारीका अधिक 

    केन्द्रीय अध्यक्षले शाखमा हस्तक्षेप गरेसँगै सुरु भएको विवादले सिद्धार्थ जेसीजमा अहिले दुई वटा अध्यक्ष देखिएका छन् ।निर्वाचित अध्यक्षले निर्वाचन भएको ६ महिनाको अवधिमा दर्जन जति कार्यक्रम सम्पन्न गरिसकेको पृष्ठभुमिमा नेपाल जेसीजले तोकेका अर्का अध्यक्षले पदस्थापन कार्यक्रम गरी आफुलाई नेपाल जेसीजले मनोनित गरेको अध्यक्षको रुपमा प्रस्तुत गरेका छन् । अध्यक्षको दावीलाई लिएर सुरु भएको सिद्धार्थ जेसीजको विवाद मत्थर हुनुको साटो झन चर्किदै गएको छ । निर्वाचनबाट निर्वाचित र अध्यक्षबाट मनोनित दुवै अध्यक्ष आफ्नो वैधानिकताको आ–आफ्नै तर्क पेश गर्छन् ।  

    भुवन राणाको समूहले नेपाल जेसीजका अध्यक्ष अशोक शंकरले मनोनित गरेका कारण आफू वैधानिक अध्यक्ष रहेको दावीसहित पत्रकार सम्मेलन गरे लगत्तै मंगल भण्डारी समूहले पनि ५ साउनमा भैरहवामा पत्रकार सम्मेलन ग¥यो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले मनोनित गरेका अध्यक्ष भुवन राणाको समुहले पदस्थापन र त्यसपछि बृक्षा रोपण गरेको छ। त्यति मात्रै होइन त्यहाँ भण्डारी समूहले ‘जेसीज सप्ताह २०२०’ कार्यक्रम समेत सार्वजनिक ग¥यो । जहाँ सिद्धार्थ जेसिजका दुईतिहाई बढी पूर्व अध्यक्ष, वर्तमान कार्यसमिति तथा साधारण सदस्यको सहभागिता थियो । 

    पत्रकार सम्मेलनमा भण्डारीले नेपाल जेसीजका अध्यक्षले मनोमानी गरेको आरोप लगाएका थिए । ‘जेसीजको विधानले केन्द्रलाई अध्यक्ष चयन गर्ने कुनै अधिकार दिएको छैन, त्यो अधिकार भनेको शाखामा आवद्ध रहेका सदस्यहरु सम्मलित साधारणसभाबाट निर्वाचन प्रक्रियाले निर्वाचन गर्ने हो,’ भण्डारीको भनाइ छ ।, ‘जेसीआई सिद्धार्थ नेपाल बर्ष २०२० का अध्यक्ष मंगल भण्डारी निर्वाचन प्रक्रियामा सहभागि भइ अत्याधिक मत ल्याएर विजयी भएका अध्यक्ष हुन, शाखाका पुर्व अध्यक्ष ओम कुमार श्रेष्ठले भने ‘केन्द्रको भूमिका शाखालाई जेसिज अन्तर्राष्ट्रियको अभियानलाई अघि बढाउन मार्गदर्शन र रायसुझाव दिनु मात्र हो । उनले भने ‘निर्वाचत पद कदापि मनोनित हुन सक्दैन, चाहे सरकार होस, चाहे सामाजिक संघ–सस्था नै किन नहोस, यो विधि शास्त्रको सर्वमान्य सिद्धान्त हो ।,   

    विधानमा के छ ? के भन्छन् केन्द्रीय अध्यक्ष ?
    उमेरहदबारे नेपाल जेसीजको विधानमा व्यवस्था छ । उमेरबारे धारा ४.२ (ख) मा गरिएको व्यवस्थामा भनिएको छ– शाखाले त्यसका व्यक्तिगत सदस्यहरुको उमेर १८ वर्ष भन्दा नघटाइकन र ४० वर्षमा नबढाइकन सीमित गर्नुपर्नेछ ।’

    तर जेसीजको विधानमा व्यवस्था भए अनुसारको ४० वर्षलाई परिभाषा गर्ने सन्दर्भमा दुवै पक्षको आ–आफ्नै बुझाई हुँदा निर्वाचन प्रक्रिया ६ घण्टा लम्बिएको थियो । त्यस बेला कानुन विज्ञहरुसंग लिएको राय अनुसार अध्यक्षका प्रत्यासी भण्डारी निर्वाचन प्रक्रियामा भाग लिन योग्य भएको बताएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको थियो । भण्डारी समूह विधानले भने अनुसारै ४१ वर्ष नपुगेकाले अध्यक्षका योग्य भएको दावी गर्छ । साथै सिद्धार्थ जेसीजको बिधानमा निर्वाचन प्रक्रियामा निर्वाचन आयुक्तको निर्णयलाई अन्तीम मानेको छ । 

    jci bidhan .jpg

    तर, नेपाल जेसीजका केन्द्रीय अध्यक्ष अशोक शंकर भने यो दावी मान्न तयार छैनन् । ‘जेसीजको उमेरहद १८ देखि ४० वर्षसम्म हो,’ उनी भन्छन्, ‘उमेर हद कटेको व्यक्ति जेसीआईको सदस्य पनि हुन पाउँदैन । तर, उनले आफूलाई विधानले नै त्यस्तो अधिकार दिएको प्रष्ट रुपमा भन्न चाहिँ सकेनन् । तर, भण्डारी समूह केन्द्रीय अध्यक्षलाई शाखा अध्यक्ष को हुने भन्ने तय गर्ने अधिकार नभएको मत राख्छन् । नेपाल जेसीजका पूर्व अध्यक्ष अर्जुन पसाई पनि केन्द्रीय अध्यक्षले शाखा अध्यक्ष तोक्न नपाउने बताउँछन् । ‘केन्द्रीय अध्यक्षले शाखा अध्यक्ष यो बनाउ, त्यो बनाउ भनेर तोक्न मिल्दैन,’ उनी भन्छन्, ‘निर्वाचन प्रक्रिया नमिलेको भए त्यसलाई रद्द गरेर पुनः निर्वाचनको घोषणा गर्न सुझावसम्म दिन  सकिन्छ । तर, केन्द्रीय अध्यक्षले शाखा अध्यक्षमा मनोनित त झनै गर्न सक्दैन ।’

    नेपाल जेसीजको विधानमा पनि अध्यक्षले शाखा अध्यक्ष तोक्न पाउने परिकल्पना कतै गरेको छैन् । शाखामा भएको निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुनुपर्ने व्यवस्था विधानले गरेको छ । नेपाल जेसीजका अर्का पुर्व अध्यक्ष प्रा.डा. दीपक शाक्यले नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकर तथा सचिवालयले जेसीआई सिद्धार्थ नेपालविरुद्ध गरेको कार्य निकै दुभाग्यपुर्ण भएको बताए । जेसीजको इतिहासमा यसलाई कालो धब्बाको रुपमा हामीले लिएका बताउदै बर्तमान जेसिज नेतृत्वले शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसिजको मान्यतालाई उल्टाउदै शाशन व्यक्तिमा निहित गरेको उल्लेख गरे ।

    अधिकांश पुर्व अध्यक्ष, पदाधिकारी तथा साधरण सदस्यको साथ भण्डारीलाई
    निर्वाचन प्र्रक्रियाबाट निर्वाचित भएका भण्डारीलाई तुलनात्मक रुपमा राणालाई भन्दा ठूलो समर्थन छ । गत १७ असारमा सिद्धार्थ जेसीज २०२० का निर्वाचित पदाधिकारीहरुको बैठकले भण्डारीप्रति ऐक्यवद्धता जनाएको थियो ।
    राष्ट्रिय उपाध्यक्ष एवं निर्वतमान शाखा अध्यक्ष सिनेटर राकेश गुरुङको अध्यक्षतामा बसेको बैठकले भण्डारीप्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको थियो ।

    jci 3.jpg

    jci 4.jpg

    त्यस्तै १९ असारमा बसेको विशेष भेलाले भण्डारीप्रति पूर्ण ऐक्यवद्धता जनाउने निर्णय गरेको थियो । शाखाका पूर्व अध्यक्षहरु र बोर्डका पदाधिकारीहरु समेतको उपस्थितिमा भएको भेलाले ‘अध्यक्ष जेसी मंगल भण्डारीप्रति पूर्ण ऐक्यवद्धता जनाई नेपाल जेसिजको वर्तमान नेतृत्वले जेसीज विधानविपरीत गरेको निर्णयको घोर भत्सर्ना गर्दै नैतिकताको आधारमा वर्तमान नेतृत्वको राजीनामा माग गर्नुका साथै, अध्यक्ष मंगल भण्डारीको बाँकी रहेकोे ६ महिनाको कार्यकालमा थुप्रै रचनात्मक कार्यक्रमहरु गर्दै जाने’ निर्णय गरेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij