२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

लायन्स सिद्धार्थनगर युथद्वारा शैक्षिक सामग्री वितरण

शनिवार , मंसिर २०, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २० मंसिर । लायन्स क्लब अफ सिद्धार्थनगर युथले विद्यार्थीहरुलाई शैक्षिक सामग्री र स्कूल ब्याग (झोला) वितरण गरेको छ।

    शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ स्थित श्री भुजौली प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको क्लबका तृतीय उपाध्यक्ष सचिन्द्र तुलाधरले बताउनुभयो ।

    विद्यालयमा कक्षा ३, ४ र ५ मा अध्ययनरत ३८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरिएको कार्यक्रम संयोजक विरेन्द्र ज्ञवालीले बताउनुभयो ।

    WhatsApp Image 2025-12-05 at 4.55.43 PM.jpeg

    क्लबका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका–११ का वडाअध्यक्ष दिलिप कुमार यादवको विशिष्ट आतिथ्यता, लायन्सका अगुवा अर्चित श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गणेश यादव, प्रधानाध्यापक राधा आचार्य, लायन्स एरिया–५ का चिफ प्रशान्तमणि रामदाम, रिजन चेयरपर्सन श्री रायमाझी, जीएसटी मेम्बर अनित कुमार गुप्ता लगायको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।