२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

मर्चवारी गाउँपालिका उपाध्यक्षमा २४ वर्षिय युवतीले दिइन् उम्मेदवारी

सोमवार , बैशाख १२, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १२ वैशाख । रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष पदका लागि २४ वर्षिय एक युवतीले उम्मेदवारी दिएकी छन् । ‘सबल स्थानीय सरकार ः समुन्नत गाउँ’ मेरो संकल्प हो भन्दै स्नातकोत्तर (एम.ए.) पढेकी लक्ष्मी चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

    मधेश मानव अधिकार गृह (माहुरी होम) र आइ.डि.एस.नेपालमा आबद्ध रही गाउँपालिका क्षेत्रमा चार वर्ष अनुभव बटुलेकी उनले हिंसामुक्त, भयरहित, पारदर्शी र समुन्नत गाउपालिकाको निर्माण आफ्नो जीवनको प्रमुख उद्देश्य रहेको बताएकी छन् ।

    उम्मेदारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै उपाध्यक्ष पदकी उम्मेदवार चौधरीले अधिकारको रक्षा र जनसेवा नै मानवको सर्वोत्तम धर्म भएको बताइन् । उनले भनिन, ‘जनसेवा भन्दा सर्वोत्तम धर्म अरू कोही छैन, त्यसैले म राजनीतिमा प्रवेश गरेकी हुँ ।’

    ‘स्थानीय तहमा बढ्दो भ्रष्टाचारलाई निर्मूल पार्न, समतामूलक, समुन्नत र विभेदरहित आदर्श गाउँपालिकाको निर्माणका लागि पार्दशीता र सुशासन कायम गर्दै अधिकारमुखी, न्यायिक, समृद्ध र मैत्रीपूर्ण गाउँपालिका मेरो चाहना हो’ उनले भनिन् ।

    गाउँपालिकाबासीको अनुरोधलाई नकार्न सकिन, उनले भनिन, ‘तपाइ उपाध्यक्ष पदमा स्वतन्त्र चुनाव लड्नुस् जिताउने जिम्मा हाम्रो हो, भन्दै सयौ मतदाताहरू घरमै पुग्ने गरेर अनुरोध गर्न थालेपछि मतदाताको विश्वास जोगाउन पनि राजनीति रोजेकी हुँ ।’

    ‘लोकतन्त्रको जगमा जारी संविधानको एउटा आधार स्तम्भ हो संघीयता’उनले भनिन, ‘संविधानले बलियो स्थानीय सरकारको परिकल्पना गरेसंगै स्थानीय सरकारलाई जति सेवामुखी बनाउन सकियो, हाम्रो लोकतन्त्रको जग त्यति नै बलियो हुने हो ।’

    व्यवस्था परिवर्तन भए पनि पुराना सोंच र संरचनाहरू परिवर्तन हुन नसकेकै कारण तीन तहकै सरकार र संघीयता समेत माथि प्रश्नचिन्ह खडा भएको भन्दै परिवर्तनका संवाहक युवाहरूले यस निर्वाचनमा जनताको साथ पाउनेमा उनी विश्वस्त छिन ।