सोमवार , बैशाख १२, २०७९
भैरहवा। नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको मेयर, उपमेयर तथा बडा अध्यक्ष सहित सम्पुर्ण प्रतिनिधिमा एकल उम्मेदवारी दर्ता गराएको छ।
उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयको दिएको समयको एक घण्टा अगाडि मात्रै गठबन्धन तोडिएपछि नेपाली कांग्रेसले रुपन्देहीमा एकल उम्मेदवारी दिएको हो।
कांग्रेसको तर्फबाट मेयरमा संबिधान भा सदस्य ईश्तियाक अहमद खाँ र उपमेयरमा सिद्धार्थ उद्योग बाणिज्य संघकी सदस्य समेत रहेकी पल्लवी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी सिद्धार्थनगरका १३ वटै वडामा बडा अध्यक्ष तथा सदस्यहरुमा पार्टीको तर्फबाट एकल उम्मेदवारी दर्ता गराएका छन्।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
