२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

कांग्रेसबाट मर्चवारी गाउँपालिकाको अध्यक्षमा मिश्राद्वारा उम्मेदवारी दर्ता

सोमवार , बैशाख १२, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १२ वैशाख ।
    रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा ज्ञानप्रकाश मिश्रा र उपाध्यक्षमा सुमन यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    suman yadav.jpg
    सुमन यादव

    सो अवसरमा कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले उम्मेदवारहरुलाई सफलताको शुभकामना दिएका थिए ।

    lll.jpg

    कांग्रेसले ७ वटै वडाअध्यक्ष र सदस्यमा उम्मेदवारी दिएको छ ।

    यी हुन् वडाअध्यक्षका उम्मेदवारहरु

    १. मुकेश यादव
    २. राजा कुमार चौधरी 
    ३. जनार्दन यादव 
    ४. जय प्रकाश यादव 
    ५. नारद यादव 
    ६. अर्जुन सिंह 
    ७. अखलेश कोइरी