
बिहिवार , बैशाख १५, २०७९
बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका विच गठबन्धन भएको छ।
दुबै पार्टीको प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार गठबन्धन भएको हो । दुई दलका नेताहरुको बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने सहमति अनुशार गठबन्धन गरेर जाने सहमती गरेका हुन्।
यस अघि दुवै दलका उम्मेदवारहरुले छुट्टाछुट्टै मनोनयन दर्ता गरेका थिए। सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेसलाई नगरप्रमुखमा हिराबहादुर खत्रीलाई सहयोग गर्नेछ भने, कांग्रेसले माओवादी केन्द्रलाई उप–प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ।
प्रमुख र उपप्रमुख दुई मुख्य पदमा सहमति गरेसंगै देवदहमा गठबन्धन कायम रहेको नेपाली कांग्रेसको तर्फवाट मेयरका प्रत्यासी हिरा खत्रीले बताए । गठबन्धन भएसंगै देवदह नगरमा दुवै दलका उमेदवार नेता कार्यकर्ताहरुमा उत्साह बढेको छ।
सहमति अनुसार माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरप्रमुखका उम्मेदवार गोविन्द ठटराईले नगरप्रमुखबाट उम्मेदवारी फिर्ता लिनेछन् भने नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेकी उपप्रमुखका उम्मेदवार सरिता चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनेछन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij