२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

बुटवल र तिलोत्तमाका मेयरले गरे आचारसंहिता उल्लंघन

बिहिवार , बैशाख १५, २०७९

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • बुटवल। बुटवल र तिलोत्तमाका प्रमुखले निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाब प्रचारप्रसारमा खटिएका छन्।

    बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, बुटवलकी उपप्रमुख गुमादेवी आचार्य पदमा बहाल रहेकै अवस्थामा एमालेका उमेदवारहरूको प्रचार अभियानमा खटिएका हुन्।

    सुवेदी, घिमिरे र आचार्य उमेदवार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलामा सहभागी भएका हुन्। यी कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले उमेदवारलाई अभिमुखीकरण दिएका थिए।

    यस्तै उनीहरू उमेदवारी दर्ताको समयमा समेत पार्टीकै ब्यानरमा सहभागी भएका थिए। निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले वहालवाला जनप्रतिनिधि पार्टीको चुनाब प्रचारमा खटिन नहुने बताउँछन्। उनी भन्छन्-"वहालवाला प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन।"