images

सोमवार, बैशाख २४ गते २०८१

लोसपाको घोषणापत्र : ‘निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्यदेखि स्मार्ट स्थानीय तहसम्म’

लोसपाको घोषणापत्र : ‘निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्यदेखि स्मार्ट स्थानीय तहसम्म’

images
images
images
शुक्रवार, बैशाख १६ २०७९
शुक्रवार, बैशाख १६ २०७९
  • लोसपाको घोषणापत्र : ‘निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्यदेखि स्मार्ट स्थानीय तहसम्म’

    काठमाडौँ, १६ वैशाख। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, अनुसशासित, सुशासित र भ्रष्टाचारयुक्त स्थानीय सरकारलगायत महत्वकाङ्क्षी अवधारणासहित पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गरेको छ।
     
     लोसपाले प्रस्तावनामा अर्थ–राजनीतिक परिदृश्य र राजनीतिक दलबारे अवधारणामा वर्तमान राजनीतिक परिस्थिति र नेतृत्व, लोकतन्त्रको अभ्यास र नागरिकको भूमिका, अर्थतन्त्रको अवस्था तथा संविधान संशोधनको अपरिहार्यताबारे दृष्टिकोण उल्लेख गरेको छ।
     
     पार्टी कार्यालय बबरमहलमा आज आयोजित पत्रकार सम्मेलनमा लोसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतोलगायत नेताहरुले पार्टीको घोषणापत्र सार्वजनिक गरे। लोकतान्त्रिक समाजवादको विचारधारा अङ्गालेको लोसपाले १० वैचारिक धरातल र २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। सहभागितामूलक समावेशी लोकतन्त्र, पहिचानसहितको सङ्घीयता, स्वतन्त्र र समावेशी न्यायपालिका, स्वतन्त्र, स्वच्छ, प्रविधियुक्त सबै तहको निर्वाचन, समावेशी र समतामूलक राज्यव्यवस्था, साझा र बहुसांस्कृतिक, राष्ट्रियतालाई पार्टीको धरातलका रुपमा लिएको छ। 

    images
    images
    images

     यस्तै नेपाल सुहाउँदो लोकतान्त्रिक अर्थतन्त्र, राष्ट्रहितमा सन्तुलित विदेश नीति, सुशासन, सदाचार र भ्रष्टाचारमुक्त, समाज र पर्यावरणीय सन्तुलन र संरक्षणबारे पार्टीको धारातालका रुपमा व्याख्या गरिएको छ।
     
     त्यसैगरी प्रतिबद्धतामा सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार, सहज र छरितो सेवा प्रवाहको विषय उठाएको लोसपाले स्थानीय निकायमा कर्मचारी भर्ना छनोट स्थानीय तहबाटै हुनुपर्ने धारणा राखेको छ। महिलामैत्री पूर्वाधार, कृषि सेवा विस्तार, युवाको सन्तुलित विकास र खेलकूद पूर्वाधार निर्माण, ग्रामीण सडक, थप पर्यटकीयस्थलको पहचिान र पूर्वाधार विकास, सहरी हरितक्रान्ति, व्यवस्थित र सुशासित र भ्रष्टाचारमुक्त स्थानीय सरकार सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति, विशेष नगर, विशेष अवसर र विशेष व्यवस्थालाई लोसपाले आफ्नो प्रतिबद्धतामा समेटेको छ।

     सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरुले विगतदेखि नै उडाउँदै आएका मुद्दा यथावत् रहेको भन्दै मधेसी, महिलासहित सम्पूर्ण उत्पीडन र पछाडि परेका वर्गको मुक्ति सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि शान्तिपूर्ण सङ्घर्ष जारी रहने बताए। 

     उनले सम्पूर्ण महिला, मधेसी, शिल्पी÷दलित, थारु, मुस्लिम, आदिवासी जनजाति, पिछडावर्ग, अल्पसङ्ख्यषक, सिमान्तकृत, विपन्न वर्गलगायत बहिष्करण तथा वञ्चितीकरणमा परेकाको पहिचान र अधिकारका लागि निरन्तर लागिपर्ने अठोट व्यक्त गरे।
     
     अध्यक्ष ठाकुरले हरेक विभेदबाट मुक्त नागरिकता वितरणको सुनिश्चितताको परिणाममुखी र लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँ तहमा नै लोकतन्त्र, सुशासन र जनकल्याणलाई स्थापित गर्न आगामी स्थानीय निर्वाचनलाई अवसरका रुपमा सबै मतदाताले प्रयोग गर्न जरुरी भएको उल्लेख गरे। 

     लोसपाले संविधानमा समेटिनुपर्ने विषय, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्नेमा जोड दिएको छ। लोसपाका नेता महतोले लोसपालाई स्थानीय निर्वाचनलाई विगतमा उठाइरहेको मुद्दा र उत्पीडनमा परेका जातजाति समुदायको पहिचान र अधिकारको सङ्घर्षको आधार तयार गर्ने कडीका रुपमा स्थानीय तह निर्वाचनलाई लिएको बताए। 

     उनले फरक पार्टीको फरक पहिचान र विचारधारा हुने भएकाले सकभर स्थानीय तहमा गठबन्धन नगर्ने भन्दै कतिपय स्थानमा गठबन्धन भएको जानकारी दिए। रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij