२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मर्चवारीमा कांग्रेसको चुनावी प्रचारप्रसार तीव्र

आइतवार , बैशाख १८, २०७९

भैरहवा, १९ वैशाख ।
रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले चुनावी प्रसारप्रसारलाई तीव्रता दिएका छन् । मर्चवारीमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा ज्ञानप्रकाश मिश्रा र उपाध्यक्षमा सुमन यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै वडा नम्बर १ को अध्यक्षमा मुकेश यादव, २ मा राजकुमार चौधरी, ३ मा जर्नादन यादव, ४ मा जयप्रकाश यादव, ५ मा नारद यादव, ६ मा अर्जुन सिंह र ७ मा अखलेश कोइरीले उम्मेदवारी दिएका छन् ।

278778726_899487737547598_7655585810354259286_n.jpg
मर्चवारी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षका उम्मेदवार ज्ञानप्रकाश मिश्रा

 

उम्मेदवारहरु जनतासँग मत माग्दै घरदैलोमा समेत जुटेका छन् । मर्चवारीमा चुनावी अभियानले रौनक छाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मर्चवारी गाउँपालिकामा कांग्रेसको जीत सुनिश्चित भइसकेको गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञानप्रकाश मिश्राले बताए ।

278708033_729221458092714_9003881510510227705_n.jpg

सोही क्रममा शनिबार मर्चवारी गाउँपालिकामा कांग्रेसले वृहत र्यालीसमेत निकालेको छ ।

278655332_405990624383159_1952211561854814876_n.jpg