२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

माओवादी केन्द्र परित्याग गरेका नेता भण्डारी एमालेमा प्रवेश

आइतवार , बैशाख १८, २०७९

भैरहवा, १८ वैशाख । 
नेकपा (माओवादी केन्द्र) परित्याग गरेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का पुर्ण प्रसाद भण्डारी (पुरन) नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।  माओवादी केन्द्र सिद्धार्थनगर–९ का पूर्वअध्यक्ष भण्डारी २ सय भन्दा बढी माओवादीका कार्यकर्तासहित आइतबार बिहान एमालेमा प्रवेश गर्नुभएको एमालेका रुपन्देही जिल्ला उपसचिव हितराज पन्थीले बताए । 

एमालेको विचार सिद्धान्तलाई अंगाल्ने प्रतिवद्धताका साथ भण्डारीले आफू एमालेमा प्रवेश गरेको नेता भण्डारीले बताए । पार्टी प्रवेश गरेपछि भण्डारी नेकपा एमाले सिद्धार्थनगर मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याल, उपमेयरका उम्मेदवार उमा अधिकारी, वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार शेषकान्त भण्डारीसहित घरदैलोमा समेत हिँडेका थिए ।

पुरन भण्डारी गत स्थानिय निर्वाचनमा माओवादी पार्टीबाट वडा नम्बर ९ मा वडा अध्यक्षका उम्मेदवार थिए ।