आइतवार , बैशाख १८, २०७९
धकधई, १८ वैशाख ।
नेकपा (एमाले) का नेताहरुले रुपन्देहीको रोहिणी गाउँपालिकामा सनोज कुमार यादव र बसन्ती पाण्डेको नेतृत्वमा रहेको एमाले उम्मेदवारको जित सुनिश्चित भएको दावी गरेका छन् ।
एमाले रोहिणी गाउपालिका प्रचार डेस्कको शुभारम्भ गर्दै पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य विश्वराज बराल (अनुप) ले भने, ‘सनोज कुमार यादव रोहिणीको अध्यक्ष भएर ५ वर्ष काम गर्दा धेरै जनपक्षीय काम गर्नुभएको छ । पाँच बर्षमा उहाँले गरेका राम्रा कामको लिस्ट लामै छ, मिडियाले पनि बारम्बार यी कुराहरु प्रचार गर्दै आएका छन् । ’यसैले विगतमा उहाँले गरेका राम्रा कामको कारण पनि यस पटक फेरी रोहिणीबासीले एमालेलाई जिताउनेछन् । ’
कार्यक्रममा एमाले जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थिले एमालेको भिजन र मिसनको कारण देशव्यापी रुपमा पार्टीका उम्मेदवारको जीत अधिकांश ठाउँमा पक्का भएको बताए । उनले भने, ‘स्पष्ट योजनाका साथ एमालेले उम्मेदवार छनौट गरेको हुदाँ रोहिणीमा जीत निश्चित छ ।’
नेता पन्थीले जनताको साथी एमाले भएको बताउँदै निर्वाचनको बेला मीठा कुरा गरेर जनतामा भ्रम छर्नेकाविरुद्ध प्रचार डेस्कले विशेष योजनाका साथ काम गर्ने समेत बताए ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार सनोज कुमार यादवले जनताले विजयी घोषणा गरिसकेको बताए । उनले भने, ‘निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छ, मैले पाँच वर्ष सम्म जे गरे जनताको लागि गरे अब पनि जे गर्छु जनताकै सेवामा सर्मर्पीत हुनेछु । ’
प्रचार डेस्कका संयोजक तथा प्रचार विभाग रुपन्देहीका सदस्य दीपेश पछाईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले रोहिणी अध्यक्ष सुनिल कुमार कौशल, उपाध्यक्ष दिलीपमणि त्रिपाठी, एमाले जिल्ला प्रचार विभाग सचिव नरेश के.सी लगायतले बोल्दै आसन्न स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार रहेका प्रतिनिधिलाई विजयी गराउन मिडीयाले विशेष भूमिका निर्वाह गर्ने बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
