images

सोमवार, बैशाख २४ गते २०८१

मंगलापुर–कान्छीबजार सडक स्तरोन्नति प्राथमिकतामा : खाँण

मंगलापुर–कान्छीबजार सडक स्तरोन्नति प्राथमिकतामा : खाँण

images
images
images
आइतवार, बैशाख १८ २०७९
आइतवार, बैशाख १८ २०७९
  • मंगलापुर–कान्छीबजार सडक स्तरोन्नति प्राथमिकतामा : खाँण

    भैरहवा, १८ वैशाख ।
    रुपन्देहीको तिलोत्तमामा गठबन्धनबाट प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले जीर्ण अवस्थामा रहेको मंगललापुर–कान्छीबजार सडकलाई स्तरोन्नति गरिने बताएका छन् । आइतबार तिलोत्तमा वडा नम्बर ७ सेमरा बजारमा गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार खाँणले यो क्षेत्रमा सडकको बेहाल अवस्था हुँदा जनताले दुख पाएको उल्लेख गरे । 
    उनले भने, ‘अब तपाइहरुले सडकका कारण दुःख पाउनुपर्दैन, हामीलाई चुनाव जिताएर पठाउनुस् ,सडकको स्तरोन्नति हामी गर्छाै ।’

    images
    images
    images

    एमालेले चुनाव जित्दा सरकार चलाउन पनि नसकेको र प्रतिपक्षमा बसेर पनि सही काम गर्न नसेकेको भन्दै उनले तिलोत्तमामा एडीबीले बनाएको मुख्य सडक बाहेकका सबै सडकको अवस्था बेहाल र जीर्ण भएको बताए ।

    तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने गरी आफुहरुले नयाँ प्रतिबद्धता पत्र सार्वजनिक गरेको भन्दै उनले तिलोत्तमाको समग्र बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे । उनले तिलोत्तमामा एमाले नेतृत्वको सरकारले कृषि अनुदानको क्रममा नक्कली गुणस्तरहिन बिउहरु (धान, गहुँ, मकै, आलु लगायत) वितरण गरेर संस्थागत भ्रष्टाचार गरेको आरोप लगाउँदै आफूले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेद्वार हेमलाल पाण्डे (हेमन्त)ले एमाले नेतृत्वको तिलोत्तमाले घोषणापत्र अुनसारको कुनै पनि काम नगरेको टिप्पणी गरे । उनले जनप्रतिनिधिहरू आफूलाई राजा सम्झने गरेको र एमाले कार्यकर्ताका मात्रै काम गरेको आरोप लगाए । उनले गठबन्धन निर्वाचित भएपछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा–७ का अध्यक्ष पदका उम्मेदवार दिनमणि पंगेनीले वडामा सेवा लिने क्रममा एमाले नेतृवको वडा अध्यक्षले भेदभाव गरेको गुनासो गरे । नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार बनेका पंगेनीले आफू निर्वाचित भएपछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महसमिति सदस्य रोमणी पाठकले गठबन्धन सामान्य परिवेशमा बनेको नभइ देशको विशेष परिस्थितिले निर्माण भएको हुँदा कांग्रेस कार्यकर्ताले गठबन्धनमा घात गर्न नहुने बताए ।

    कार्यक्रममा माओवादी तिलोत्तमा नगर अध्यक्ष बेलप्रसाद शर्मा, माओवादी केन्द्रका नेता सुदिप न्यौपाने लगायतले बोल्दै गठवन्धनको जीत सुनिश्चित भएको बताए ।

    तिलोत्तमा–७ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनमणी पंगेनी, वडा सदस्य पदका उम्मेदवारहरु राम प्रसाद न्यौपाने, राम प्रसाद भण्डारी, महिला सदस्यमा रेनु चौधरी र दलित महिला सदस्य कल्पना थापा (रोक्का) रहेका छन् । 

    कार्यक्रममा नेकपा (एमाले) परित्याग गरी ५० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेस रुपन्देही सभापति एवं तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले पार्टीमा प्रवेश गराएका हुन् । 

    तिलोत्तमा नगरपालिका वडा नम्बर ७, ८ र ९ मा गठबन्धनका उम्मेदवारहरुले घरदैलो गरेका छन् । गठबन्धनबाट मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, उपमेयर पदका उम्मेदवार हेमन्त पाण्डे, ७ मा वडा अध्यक्ष पदका उम्मेदवार दिनमणी पंगेनी, वडा सदस्य पदका उम्मेदवारहरु रामप्रसाद न्यौपाने, राम प्रसाद भण्डारी, महिला सदस्यमा रेनु चौधरी र दलित महिला सदस्य कल्पना थापा (रोक्का) ले संयुक्त रुपमा घरदैलो तथा कोणसभा गरेका हुन् । घरदैलोका क्रममा उम्मेदवारहरुसंग मतदाताले आफ्ना समस्याहरु सुनाएका थिए भने मतदाताका समस्याप्रति घरदैलोमा पुगेका उम्मेदवारहरुले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

    तिलोत्तमालाई शैक्षिक हवको रुपमा विकास गर्छौ 

    मेयरका उम्मेदवार रामकृष्ण खाँणले तिलोत्तमालाई शैक्षिक हबको रुपमा विकास गर्ने बताएका छन् । आइतबार तिलोत्तमामा आयोजित नेपाल शिक्षक संघ तिलोत्तमाको नगर प्रतिनिधिसभामा बोल्दै मेयरका उम्मेदवार खाणले आफुले आफ्नो घोषणापत्रमा नै  शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै तिलोत्तमालाई शैक्षिक रुपमा उत्कृष्ट नगरको रुपमा अगाडि बढाउने बताए ।
    उनले सरकारले ल्याएको विद्यालय मर्जरको सिस्टमलाई हटाएर बन्द भएका विद्यालय पुनःस्थापनाको बाटो खोल्ने बताए । उनले तिलोत्तमाको उत्कृष्ट विद्यालय शान्ति नमुना माध्यमिक विद्यालय जत्तिकै विद्यालय हरेक वडा वडामा बनाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा तिलोत्तमा नगर अध्यक्ष खेमराज पाण्डे, नेपाल शिक्षक संघ रुपन्देही अध्यक्ष एवं नेपाल शिक्षक महासंघ प्रदेश अध्यक्ष कुल प्रसाद लामिछाने, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष नेत्र पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij