images

मंगलवार, बैशाख २५ गते २०८१

तिलोत्तमामा विकासको अर्को युग सुरु हुँदैछ : मोहन चापागाईं

तिलोत्तमामा विकासको अर्को युग सुरु हुँदैछ : मोहन चापागाईं

images
images
images
सोमवार, बैशाख १९ २०७९
सोमवार, बैशाख १९ २०७९
  • तिलोत्तमामा विकासको अर्को युग सुरु हुँदैछ :  मोहन चापागाईं

    भैरहवा, १९ वैशाख ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विकासको अर्को युग सुरु हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मेयर उम्मेदवार मोहन चापागाईंले बताएका छन् । उनले अघिल्लो पाँच वर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमा अर्को नयाँ युग सुरु गर्ने वताएका हुन् ।

    images
    images
    images

    ड्राइभरटोलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा बोल्दै उनले पूर्वाधारका धेरै कामहरु अघिल्लो पाँच वर्षमा भएको बताउँदै अबको पाँच वर्ष पूर्वाधारको स्तरोन्नति तथा तिलोत्तमाका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताए ।

    उनले विज्ञहरुको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने वताए । उनले अघिल्लो कार्यकालका मेयर, उपमेयर लगायत वडाअध्यक्षहरुलाई धन्यवाद दिँदै अर्को नयाँ विकासको रफ्तारका लागि एकजुट हुन र सहयोग गर्न आग्रह गरे ।

    ‘तिलोत्तमामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिको जुन गतिमा विकास भएको छ, त्यही गतिमा यहाँको विकासलाई लैजानको लागि यसअघि राम्रो आधार तयार भएको छ, ’चापागाईंले भने, ‘अब त्यसलाई थप गतिदिन प्रतिबद्ध छु ।’

    हिजोका जनप्रतिनिधिहरुले आफूलाई भन्दा पनि विकासलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गरेको भन्दै उनले भने, ‘म पनि इमान्दारीपूर्वक सबैलाई समेटेर अझै राम्रो तरिकाले कामगर्ने योजनामा छु, सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।’

    चापागाईंले तिलोत्तमा रहेका करिब २०० टोलमा उद्यमशीलताको विकास गर्ने र रोजगारी सिर्जना गर्ने बताए । त्यस्तै फराकिला सडक, आधारभूत स्वास्थ्य उपचारलाई निःशुल्क गर्ने, सार्वजनिक सेवा प्रवाह र सुशासनलाई मुख्य प्राथमिकता दिने, हरियाली प्रवद्र्धनलाई निरन्तरता दिने, कृषिमा अनुदान वृद्धि गर्ने लगायतका कामलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको उनले बताए ।
    उपमेयर पदकी उम्मेदवार जगेश्वरदेवी चौधरीले तिलोत्तमामा चुनावका लागि एमालेसँग प्रशस्त एजेण्डा रहेको बताइन् । एमाले नेतृत्वको स्थानीय सरकार हुँदा गरेका राम्रा काम नै चुनाव जित्ने आधार भएको र यही खालको विकासलाई निरन्तरता दिन मतदाताले एमालेकै नेतृत्व रोज्ने बताइन् ।

    कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एवं निर्वाचन निर्देशक कमिटी तिलोत्तमाका संयोजक गोपाल भट्टराईले एमालेको जित निश्चित भइसकेको दावी गरे ।

    निर्वाचन परिचालन कमिटीका संयोजक वासुदेव घिमिरेले विपक्षीले निर्वाचनमा पराजय हुने निश्चित भइसकेपछि एमालेविरुद्ध भ्रमपूर्ण प्रचारमा उत्रिएको र मतदातालाई झुटा आश्वासन बाँडिरहेको बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij