२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

तिलोत्तमाको १०,११ र १२ मा गठबन्धनको घरदैलो

सोमवार , बैशाख १९, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • तिलोत्तमा, १९ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १०, ११ र १२ मा गठबन्धनका उम्मेद्वारहरुले सोमबार घरदैलो गरेका छन्।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन, कोषाध्यक्ष प्रकाश रानाको नेतृत्वमा मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, एकिकृत माओबादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार हेमराज पाण्डे.(हेमन्त) तथा वडा अध्यक्ष र सदस्यहरुसहितको टोलीले घरदैलो गरेको हो । 

    घरदैलो कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउनका लागि गठबन्धन दलका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे । उनले तिलोत्तमा हरेक वडाहरुका समस्याको बारेमा गठबन्धन दलका उम्मेद्वारहरुले बुझेको भन्दै समाधानका लागि आफुहरु तयार रहेको बताए ।

    tilottama prachar (3).jpg

    उपमेयर पदका उम्मेद्वार हेमराज पाण्डे(हेमन्त)ले प्रतिबद्धतापत्रमा रहेका सबै कामहरु अक्षरस पालना गर्ने  बताए । कार्यक्रममा तिलोत्तमा १० का अध्यक्षका उम्मेद्वार मान बहादुर गुरुङ, वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेद्वार तेज बहादुर कुँवर र १२ का वडाअध्यक्ष पदका उम्मेद्वार छबि खरेल, त्यस्तै वडा न १ का वडाध्यक्षका उम्मेदवार जोवानसिंह ठकुरी सहितको टोलीले घरदैलो गरेको हो ।