images

मंगलवार, बैशाख २५ गते २०८१

सिद्धार्थनगरमा राप्रपाको घरदैलो तीव्र : नगरको विकासका लागि जिताउन आग्रह

सिद्धार्थनगरमा राप्रपाको घरदैलो तीव्र : नगरको विकासका लागि जिताउन आग्रह

images
images
images
मंगलवार, बैशाख २० २०७९
मंगलवार, बैशाख २० २०७९
  • सिद्धार्थनगरमा राप्रपाको घरदैलो तीव्र : नगरको विकासका लागि जिताउन आग्रह

    भैरहवा, २० वैशाख ।
    स्थानीय तहको निर्वाचन नजिक आइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिद्धार्थनगरमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । राप्रपाबाट सिद्धार्थनगर नगरपालिका प्रमुखका उम्मेदवार सागर प्रताप राणा, उपप्रमुखका उम्मेदवार विनिता गुप्ता तथा १३ वटै वडाअध्यक्ष तथा सदस्यका उम्मेदवार मतदातासँग भेटघाटमा व्यस्त छन् ।

    images
    images
    images
    279382450_5025066154280680_5189748174508477810_n.jpg

    सोही क्रममा सोमबार सिद्धार्थनगर नगरपालिका–११ स्थित सिसवामा राप्रपाका मेयर, उपमेयर तथा वडाअध्यक्ष गणेश यादव र वडासदस्यहरु घरघरमा पुगेका छन् । उनीहरुले सिद्धार्थनगरको समग्र विकासका लागि राप्रपालाई अत्याधिक मतका साथ जिताउन आग्रह गरेका थिए । घरदैलोमा पुग्दा यसपटक राप्रपालाई मतदान गरी जिताउने आफूहरुको चाहना रहेको मतदाताबाट प्रतिक्रिया आइरहेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।

    279621219_5024865164300779_6496220793369277955_n.jpg


    त्यस्तै राप्रपाका उम्मेदवारहरु सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित पिपरहियामा घरदैलो कार्यक्रम गरेका छन् ।

    279703652_5024866960967266_8079869311705301921_n.jpg
    279298317_1410590362696348_4676528712888065415_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij