images

बिहिवार, बैशाख २० गते २०८१

ढाँक्रेबासलाई ‘मिनी सौराहा’ को रूपमा विकास गर्ने एमालेको योजना

ढाँक्रेबासलाई ‘मिनी सौराहा’ को रूपमा विकास गर्ने एमालेको योजना

images
images
images
मंगलवार, बैशाख २० २०७९
मंगलवार, बैशाख २० २०७९
  • ढाँक्रेबासलाई ‘मिनी सौराहा’ को रूपमा विकास गर्ने एमालेको योजना

    तिलोत्तमा, २० वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को सुखौरा खोला उकास क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अघि सारेको छ । एमालेले स्थानीय तह निर्वाचनको सन्दर्भमा जारी गरेको प्रतिबद्धता पत्रमा ढाँक्रेबासलाई ‘मिनी सौराहा’ को रूपमा विकास गर्न पहल गरिने उल्लेख छ ।

    images
    images
    images

    सुखौरा खोलामा तटबन्ध गरी उकास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने एमालेले जनाएको छ । तिलोत्तमा नगरपालिकाले ढाक्रेबासलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न छलफल चलाउँदै आएकोमा एमालेले यो विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा समेत उल्लेख गरेको हो ।

    ढाँक्रेबासमा पर्याप्त जमिन, नजिकैं सुखौरा खोला र वन रहेकोले यो क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सकिने आधारहरु छन् । यो क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न सक्दा स्थानीय समुदायको जीवनस्तरमा पनि परिवर्तन आउने अपेक्षा एमालेको छ । एमालेले आफ्नो घोषणा पत्रमा शंकरनगर, करहिया, बाउन्नकोटी, मधुवन, सुखौरा हरियाली, मिलन, कालिका लगायत नगरमा रहेका सामुदायिक वनहरुमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा भइरहेका कामलाई अझ प्रभावकारी बनाउने उल्लेख छ ।

    शंकरनगर वनवाटिकामा रहेको सानो चिडियाघरलाई प्रादेशिक स्तरको चिडियाखाना बनाउन संघ र प्रदेश सरकारसँग साझेदारी गरिने, वनवाटिका, बाउन्नकोटी, तिलोत्तमा पार्क, कुञ्ज पार्क लगायतका पार्कहरूमा थप पूर्वाधार निर्माण गर्दै कुञ्ज पार्कलाई रात्रिकालीन पार्कको रूपमा विकास गरिने एमालेको घोषणापत्रमा उल्लेख छ । संघीय सरकारबाट निर्माणाधीन रोहिणी जलाशययुक्त बहुउद्देश्यीय परियोजनालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गरिने, विभिन्न भाषाभाषी तथा संस्कृति, साहित्य, कला र संगीतको उपयुक्त सम्वर्धन र विकासका लागि छुट्टै सांस्कृतिक प्रतिष्ठान स्थापना गर्न पहल गरिने पनि एमालेको योजना छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij