images

बिहिवार, बैशाख २० गते २०८१

जे बोल्छुु गरेर देखाउँछुु : खान

जे बोल्छुु गरेर देखाउँछुु : खान

images
images
images
बुधवार, बैशाख २१ २०७९
बुधवार, बैशाख २१ २०७९
  • जे बोल्छुु गरेर देखाउँछुु : खान

    भैरहवा, २१ वैशाख ।

    images
    images
    images

    नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार इस्तियाक अहमद खानले आफुले जनतालाई झुटा आस्वासन नबाड्ने र बोलेको कुरा गरेर देखाउने बताएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ र १३ मा घरदैलोको क्रममा उनले कांग्रेस बोलेको कुरा गर्ने र नहुने कुरा नबोल्ने पार्टी भएको र आफू पनि त्यसैको कार्यकर्ता भएको नाताले पनि जनतालाई कत्ति पनि बेइमानी नगरी नगरको विकासमा काम गर्ने बताए ।

    महिलाहरुको उत्थान र क्षमता वृद्धिमा ध्यान दिने बताउँदै पुरुषसरह महिलाहरुको पनि सबै निकायमा उत्तिकै सहभागिता गराउने पहल गर्ने उनले बताए । ‘म निर्वाचित भए भने हरेक जनसहभागिताका कामममा ५० प्रतिशत महिलाहरुलाई प्राथमिकता दिनेछु’, उनले भने । उनले उद्यमी बन्न चाहने महिलालाई दर्ता शुल्कमा छुट, व्यवसायिक तालिम दिएर सक्षम गराउने बताए ।

    nc pice.JPG

    त्यस्तै उपमेयरकी उम्मेदवार नेकपा (माओवादी केन्द्र) की कमला थापाले कांग्रेस र माओवादी गठबन्धनलाई जिताएर एक पटक नगरको विकास गर्ने मौका दिन आग्रह गरिन् । उनले प्लाष्टिकमुक्त नगर, फोहरमैलाको स्थायी व्यवस्थापन, ढल नाली सफाइ, नगरमा विभिन्न जाती तथा संस्कृतिको संरक्षण तथा प्रबद्र्धनका लागि पालैपालो दैनिक जातीय साँस्कृतिक प्रर्दशन, सीपयुक्त श्रमिकको उत्पादन, नवजात शिशुुलाई बीमाको व्यवस्था र विशेष कार्यक्रम ल्याएर सडक बालबालिकामुक्त नगर बनाइने बताइन् । भिख मागेर गुजारा गर्नेका  लागिपनि विशेष कार्यक्रम ल्याइने बताउँदै उनले स्थानीय कला र संस्कृति झल्किने गरी दैनिक कार्यक्रमको आयोजना गरिने बताइन् ।

    भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै पर्यटकलाई नगरमा टिकाउन यो कार्यक्रमले सहयोग गर्ने उनले विश्वास व्यक्त गरिन् । यस अतिरिक्त बुद्धभत्ता घरघरमै, बालिका बिमा, वडावडामा सार्वजनिक शौचालय, स्वच्छ खानेपानी, कृषकहरुलाई मलखाद, बिउबिजनको व्यवस्था लगायतको योजनाहरु रहेको उनले बताइन् । घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको र गठबन्धनको जित सुनिश्चित रहेको नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस खड्काले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij