images

बिहिवार, बैशाख २० गते २०८१

एमाले सिद्धार्थनगरको घरदैलोमा उत्साहजनक सहभागिता

एमाले सिद्धार्थनगरको घरदैलोमा उत्साहजनक सहभागिता

images
images
images
बुधवार, बैशाख २१ २०७९
बुधवार, बैशाख २१ २०७९
  • एमाले सिद्धार्थनगरको घरदैलोमा उत्साहजनक सहभागिता

    भैरहवा, २१ वैशाख । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगरले गरेको घरदैलोमा उत्साहजनक सहभागिता भइरहेको छ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा जनताले एमालेप्रतिको आशा र भरोसा भएका कारण एमालेलाई मत दिने बताएका छन् ।

    एमालेले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा मंगलबार गरेको घरदैलोमा युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, डाक्टर, महिला लगायत पार्टीको घर दैलोलाई समर्थन गर्दै घरघरमा मेयरका उम्मेदवार डा.राम प्रसाद बस्याल र उपमेयरका उम्मेदवार उमा अधिकारीलाई स्वागत गरेका थिए । 

    एमालेले जनताको पक्षमा सदैव काम गरिरहेको हुँदा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्थानीयले आफ्नो अमूल्य मत दिएर एमालेलाई जिताउने बताएका छन् । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को चुनाव प्रचार प्रसार कार्यालयबाट सुरु भएको घरदैलोमा एमालेका केन्द्रीय, प्रदेश, जिल्लाका नेताहरु, राष्ट्रिय युवा संघ, अनेरास्ववियु लगायत विभिन्न भातृ संगठनको उपस्थितिमा जनकपथ, डाडाँ गाउँ, हिमाली पथ हुँदै वडाका विभिन्न टोलहरुमा गीत गाउँदै नाच्दै पुगेका थिए । 

    एमालेका मेयर तथा उपमेयरका उम्मेदवारहरुलाई स्थानीय जनताले विकास निर्माणका काम, खानेपानी, शिक्षा, स्वास्थ्यको विकासको क्षेत्रमा रहेका समस्याहरुलाई समाधान गर्न आग्रह गरेको एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का अध्यक्षका उम्मेदवार हरि काफ्लेले बताए ।   

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij