२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मतदाताले एमालेका उम्मेदवारलाई भने–‘हामी तपाईहरुकै साथमा छौं’

बुधवार , बैशाख २१, २०७९

भैरहवा, २१ वैशाख । 
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का मतदाताहरुले उम्मेदवारलाई सदैव साथमै रहेको बताएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगरका नेकपा एमालेका उम्मेदवारहरु जब वडा नम्बर १२ मा पुगे तब मतदाताले उत्साहित भने, ‘हुँदै हिजो पनि साथमै थियौं, आज पनि साथमै छौं ।’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याल, उपमेयरका उम्मेदवार उमा अधिकारी, वडा नम्बर १२ अध्यक्षका उम्मेदवार कुमार गुरुङ, सदस्यका उम्मेदवारहरु सरोज ठकुरी, दु्रपता पनेरु, शुसील कुवँर र सीता कुमारी सुनार विक लगायतको टोली पुग्दा मतदाता उत्साहित हुँदै ७ सुर्यमा ७ छाप लगाउने बताए । 

वडा नम्बर १२ का राजेन्द्र खड्काले विगतमा एमालेलाई मत दिएका कारण विभिन्न विकास तथा समृद्धि भएको बताउँदै पुनः एमालेलाई मै मत दिने बताए । 

वडाबासी आशिष पौडेलले विगतमा एमालेको राम्रो कामका कारण अहिले त एमालेमै मत दिने बताए । अर्की वडाबासी सुजिना गुरुङले अन्य पार्टी भन्दा एमाले नै राम्रो पार्टी हो भन्ने सबैले भन्ने गरेको र आफूलाई पनि सोही महसुस भएका कारण एमालेमै मत दिने बताइन । 

एमालेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ शान्तिनगर प्रचार प्रसार कार्यालय परिसरबाट सुरुवात भएको घरदैलो कार्यक्रममा एमालेका नेता तथा स्थानीयको सहभागीता रहेको थियो । वडाको रुद्र पथ, जनपक पथ, जनतापथ, सिद्धार्थ पथ, भीमकाली पथ, दिव्यज्योती पथ, गौमुखी कलोनी लगायतका विभिन्न स्थानहरुका जनताका घरघरमा पुगेको एमाले रुपन्देहीका उपसचिव हितराज पन्थीले बताए ।