images

मंगलवार, बैशाख १८ गते २०८१

कारागार स्थानान्तरण गरेर पार्किङ्ग बनाउँछु : खान 

कारागार स्थानान्तरण गरेर पार्किङ्ग बनाउँछु : खान 

images
images
images
शुक्रवार, बैशाख २३ २०७९
शुक्रवार, बैशाख २३ २०७९
  • कारागार स्थानान्तरण गरेर पार्किङ्ग बनाउँछु : खान 

    भैरहवा, २३ वैशाख ।

    images

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनको तर्फबाट सिद्धार्थनगर नगरपालिकाका कांग्रेसका मेयर पदका उम्मेदवार इस्तियाक अहमद खाने हाल भैरहवामा रहेको कारगारलाई अन्यत्रै स्थानान्तरण गरी उक्त स्थानमा पार्किङ्ग बनाउने घोषणा गरेका छन् ।

    बढ्दो शहरीकरणसँगै हाल भैरहवा बजार क्षेत्रमा सबैभन्दा बढी पार्किङ्गको समस्या देखिएको छ । यो समस्या समाधानका लागि कारागारलाई बजार भन्दा बाहिरको क्षेत्रमा व्यवस्थापन गरी उक्त स्थानमा पार्किङ्ग बनाउने संकल्प गठबन्धनको रहेको मेयरका उम्मेदवार एवं सविधानसभा सदस्य खानले बताए । भैरहवाका विभिन्न वडा घरदैलोको क्रममा नगरबासीहरुको गुनासो सम्बोधन गर्दै उनले फोहोर मैला व्यवस्थापन र पार्किङ्गको समस्या समाधान गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले पार्किङ्गको व्यवस्थापनको विकल्प दिदै कारागारलाई बजार क्षेत्र भन्दा बाहिर लैजाने र त्यसको लागि संघीय सरकारसँग समन्वय गरी उक्त स्थानमा पार्किङ्गस्थल बनाउने बताएका हुन् ।

    मेयरका उम्मेदवार खानले हाल नगरभित्र रहेको फोहोरमैलाको व्यवस्थापन दीर्घकालीन योजना बनाई समस्या समाधान गर्ने समेत बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार, पर्यटकीय नगरीमा फोहोरमैलाको व्यवस्थापन हुन नसक्नु दुुःखद रहेको भन्दै उनले फोहोरलाई मोहोरमा बदल्ने गरी योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले शुक्रवार सिद्धार्थनगर वडा नम्बर ८ का स्थानीयसँग भेटघाट समेत गरेका छन् । उक्त वडामा घरदैलोको क्रममा उनले आफुले जितेमा नगरभित्रका सबै सडक, ढल, नाला तथा  सार्वजनिक शौचालयको  नियमित सरसफाई गर्ने समेत बताए । उनले प्रत्येक वडामा प्रत्येक ४–५ घरको अगडि फोहरमैला फाल्ने डस्टबीनको व्यवस्था गरिने समेत बताए । त्यस्तै वर्षायामकोे पानीबाट डुबानको क्षति कम गर्न नालाको सरसफाईमा विशेष ध्यान दिने उनले बताए ।

    गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार कमला थापाले वातावरण तथा विपद् व्यवस्थापन जोड दिदै नगर क्षेत्रमा रहेको सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिने बताइन् । उनले प्रत्येक सडक किनारमा हरियाली कायम हुने गरी विरुवाहरु लगाइने बताउँदै सिद्धार्थनगरलाई सधंै हराभरा राख्ने सरकारी सार्वजनिक तथा निजी भवनको छेउछाउमा विरुवा लगाउने व्यवस्था गर्ने बताइन् । त्यसको लागि आवश्यक पर्ने विरुवा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता उनले जनाइन्  । उनले निजी क्षेत्रबाट गरिने (वातावरण तथा विपद् व्यवस्थापन) वृक्षारोपण हरियाली आदिको लागि उचित सम्मान तथा पुरस्कारको व्यवस्था नगरपालिकाबाट गर्ने बताइन् । नेपाली कांग्रेसका नगर सभापति कोशिष बहादुर खड्काले राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको भन्दै नगरको विकास र सुशासनका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुुको विकल्प नरहेको बताए । 

    ब्ततबअजmभलतक बचभब

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij