images

मंगलवार, बैशाख १८ गते २०८१

मतदाता भन्छन् : सिद्धार्थनगरको विकासका लागि एमालेलाई भोट दिन्छौं

मतदाता भन्छन् : सिद्धार्थनगरको विकासका लागि एमालेलाई भोट दिन्छौं

images
images
images
शनिवार, बैशाख २४ २०७९
शनिवार, बैशाख २४ २०७९
  • मतदाता भन्छन् : सिद्धार्थनगरको विकासका लागि एमालेलाई भोट दिन्छौं

    भैरहवा, २४ वैशाख ।
    सिद्धार्थनगरका जनताले विकास गर्ने नेतालाई भोट दिने बताएका छन् । स्थानीयले जसले विकासका एजेण्डा बोक्छ त्यसैलाई मत दिएर चुनावमा जिताउने बताएका हुन् । विभिन्न पार्टीका नेताहरु तथा उम्मेदवारहरु मत माग्न जाँदा जनताहरुले विगतमा विकासको आधारमा जनताले मुल्यांकन गरी मत दिने बताएका हुन् ।

    images

    नेकपा एमालेबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार डा. राम प्रसाद बस्याल र उपमेयरका उम्मेदवार उमा अधिकारी टोलमा पुग्दा विकास गर्ने पार्टीलाई मत दिने बताएका हुन् ।

    राम्रो छबि भएका व्यवसायी डाक्टर जब घर घरमा पुगे स्थानीयहरुले डाक्टर साबलाई नै मत दिने बताए । कैलाश कुर्मीले डाक्टर बस्याल मात्रै उत्तम उम्मेदवार भएको भन्दै मतदान गर्ने बताए ।

    ‘हामी धेरै उम्मेदवार हेर्यौ यसपटक एमालेबाट उम्मेदवार बनेका डाक्टर बस्याल र उमा अधिकारीको सिंगो टीमलाई मतदान गरी विजयी बनाउने कमला मल्लले बताइन । उनले भनिन्, ‘समृद्धिको नारा बनाउने एमाले, देशमा विकासको जग हाल्ने एमाले त्यसैले मेरो अमूल्य मत पनि एमालेलाई ।’

    वडा नम्बर ३ का स्थायी बासिन्दा असरफ अलिले जब डाक्टर बस्याललाई घर दैलोमा देखे उनले खुसी हुँदै भने, ‘बिरामीका डाक्टरले भैरहवाका समस्या समाधान गर्ने विश्वांस छ । मलाई विश्वास छ डाक्टर बस्याल नै यस नगरका मेयर बन्न लायक व्यक्ति हुनुहुन्छ यस्ता शालीन व्यक्तिलाई सबैले यो पार्टी त्यो पार्टी नभनी विजयी बनाउनुपर्छ । ’

    एक जना बिरामीलाई उपचार गरेका डा. बस्याललाई जब उनले देखे खुसी हुँदै भने, ‘बिरामीलाई उपचार गर्ने व्यक्ति डाक्टर नै नगरको लागि उत्तम पात्र हुन् । डाक्टरले चुनाव जित्नुभयो भने भैरहवा निरोगी हुन्छ । त्यसैले मैले डाक्टरलाई जिताउन टोल टोलमा डाक्टर साबको प्रचार गर्छु र जिताउँछु ।’

    एमालेको प्रचारप्रसार कार्यक्रममा अद्भुतरुपमा डाक्टर बस्याललाई समर्थन आएको एमालेका नेताहरुको दावी छ । एमालेका नेताहरु भन्छन्, ‘उपयुक्त पात्र छनौट भएका कारण हामी चुनाव जित्दै छौँ घोषणा गर्न मात्र बाँकी छ । ’

    डाक्टर बस्याललाई सबैतर्फको भोट आउने हुँदा सजिलै चुनाव जित्ने एमालेको आँकलन रहेको छ । उपमेयरमा समेत युवा नेतृ उमा अधिकारीले सजिलै चुनाव जित्ने आंकलनका साथ एमालेले उम्मेदवार बनाएको एमालेको दावी छ ।

    1-23.jpg

    एमालेले भैरहवाका बहुमत वडा अध्यक्षमा जितेर आफ्नो विरासत कायम राख्ने नेताहरु बताउँछन् । एमाले यतिबेला सग्लो भएको छ । कहींकतै मतभेद छैन एकताबद्ध भएर चुनावी मैदानमा छ तसर्थ धेरै मतका साथ चुनाव जित्ने दावी गर्छन् एमालेका मेयरका उम्मेदवार डा. राम प्रसाद बस्याल ।  घरदैलो कार्यक्रममा एमालेबाट वडा नम्बर ३ वडाअध्यक्षका उम्मेदवार थानेश्वर पौडेल, वडासदस्यका उम्मेदवारहरु लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij